राष्ट्रपतिसँग प्रचण्डले भने, 'मेरा लागि आमा पनि तपाईं, बुवा पनि तपाई '

राष्ट्रपतिसँग प्रचण्डले भने,   'मेरा लागि आमा पनि तपाईं, बुवा पनि तपाई '

काठमाडौं: कुशेऔंसीका दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने, 'मेरा लागि आमा पनि तपाईं, बुवा पनि तपाईं, आजको दिन तपाईंको मुख हेरिहालें, अब पुग्यो ।'

शीतल निवासमा मुलुकुको विद्यमान परिस्थितिबारे राष्ट्रपति भण्डारीलाई नियमित जानकारी दिने उद्देश्यसाथ बिहानै पुगेका प्रधानमन्त्री दाहालसँग भण्डारीले सोधिन्, 'आज कुसेऔंसी, पिताको मुख हेर्ने दिन, तपाईंले मनाउनुभयो कि भएन ? '

प्रत्युत्तरमा दाहालले भने, 'राष्ट्रपति मुलुकको अभिभावक भएको र कुशेऔंसी, मातातीर्थ औंसीको उद्देश्य अभिभावकको सम्मान भएकाले मैले तपाईंको मुख हेरेर मनाएँ ।' दाहालको कूटनीतिक जबाफपछि राष्ट्रपति मुस्काइन् ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीसँग कूटनीतिक व्यवहार प्रदर्शन गर्दै आफ्ना लागि राष्ट्रपतिभन्दा ठूलो अभिभावक अरू कोही हुन नसकेको धारणा राखेर भेटघाट रमाइलो बनाएको दाबी स्रोतले गर्‌यो । पहिलोपटक २०६५ भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री हुँदा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवसँग तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउँदै कुलबहादुर खड्कालाई प्रधानसेनापतिको पदमा सिफारिस गरेको विषयमा दाहालको विवाद भएको थियो ।

दाहालले राष्ट्रपतिसँग भने, 'स्थानीय निर्वाचनका लागि स्थानीय पुनर्संरचनाकाबारे दलहरूबीच वार्ता भइरहेको छ ।' प्रधानमन्त्रीले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनका लागि सत्ता, प्रतिपक्षी दल र मधेसीबीच भइरहेको द्विपक्षीय, बहुपक्षीय वार्तामा भए गरेका कार्यहहरूको संक्षिप्त जानकारी दिँदै मधेसी दलहरूसँगको सहमतिमा संविधान संशोधन गराउने प्रयासमा रहेको बताए ।

सत्तारूढ सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवा बैंककबाट फर्कनासाथ संविधान संशोधनका विषयले उच्च प्राथमिकता पाउने धारणा दाहालले राखेका थिए ।

दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'संविधान संशोधनको प्रयोजनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको वार्ता सकारात्मक बन्दै गएको छ ।'

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलका साथ मधेसी, थारू, जनजाति, आदिवासीलगायतका पक्ष र वर्गलाई समेटेर अघि बढ्न प्रधानमन्त्रीलाई सल्लाह दिएकी थिइन् । राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार डा. भेषराज अधिकारीले अन्नपूर्णसँग भने, 'राष्ट्रपतिले संविधान कार्यान्वयनमा सबै पक्षलाई समेटेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।' स्थानीय निकायको निर्वाचनको तयारी र संविधान कार्यान्वयनमा राष्ट्रपतिको विशेष चासो र जिज्ञासा रहेको डा. अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.