‘नेपाली भाषा र लिपि समाप्त पार्ने षड्यन्त्र’

‘नेपाली भाषा र लिपि समाप्त पार्ने षड्यन्त्र’

भक्तपुरः भाषाविद्हरूले नेपाली भाषा सुधारका नाममा गरिएको परिपत्र स्वीकार्य नभएको बताएका छन् । उनीहरूले निरन्तर परिवर्तनशील रहने भाषामा सुधार लाद्न खोजे प्रतिकारसमेत गर्ने चेतावनी दिएका छन् । युवाकवि मोतीराम भट्टको एक सय ५१ औं जन्मजयन्तीका अवसरमा भक्तपुरस्थित वागीश्वरी उच्चमाविले गरेको ‘नेपाली भाषा बआचौं अभियान’ सम्बन्धी साक्षात्कारमा भाषाविद्हरूले भाषा सुधारका नाउँमा नेपाली भाषा र देवनागरी लिपि समाप्त गर्ने षड्यन्त्र भएको दाबी गरेका हुन् ।

‘भाषा सुधारका नाममा गरिएको परिपत्र त्रिविलाई स्वीकार्य छैन’, त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले भने, ‘यस किसिमको सुधारले नेपाली भाषामा भाँडभैलो निम्त्याउँछ ।’ उनले भाषा तोकआदेश र टिप्पणीबाट लागू गर्ने वस्तु नभएको प्रस्ट पारे ।

भाषाविद् चूडामणि गौतमले खुट्टा काटेर बनाएको नियमप्रति असहमति जनाए । ‘नेपाली भाषाको आफ्नै विशिष्ट परम्परा छ’, उनले भने, ‘त्यसलाई छोडेर नेपाली भाषा अघि बढ्न सक्दैन ।’ प्राध्यापक खगेन्द्र लुइँटेलले भाषा प्रयोक्ताले प्रयोग गर्ने वस्तु भएकाले यसलाई कसैले लादेर लाद्न नमिल्ने दाबी गरे ।

नेपाली भाषा बचाऔं अभियानका संयोजक बलदेव शर्माले पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषाका क्षेत्रमा भ्रम पैदा गरेको भन्दै आक्रोश पोखे । नेपाली भाषा बचाउ अभियन्ता शरतचन्द वस्तीले भाषा र व्याकरणको कठिनाइ सरल बनाउने काम नियमले नभई गुरुले गर्ने स्पष्ट पारे । नयाँ नेपाली वर्णविन्यासका पक्षधर बद्रीविशाल भट्टराईले भाषामाथि आक्रमण भएको भन्दै नेपाली भाषा बचाऔं अभियान हल्लामात्र भएको बताए ।

भाषा परिवर्तनबारे संसदीय छानबिन माग

परिवर्तनका नाममा नेपाली भाषामाथि आक्रमण भएको भन्दै सांसदहरूले संसदीय छानबिन माग गरेका छन । नेमकिपाकी अनुराधा थापामगर र राप्रपा नेपालकी सांसद कान्ता भट्टराईले भाषा परिवर्तनका नाममा नेपाली भाषामाथि आक्रमण भइरहेको भन्दै छानबिन माग गरेका हुन् ।

संसद्को बिहीबारको बैठकमा नेमकिपाकी थापामगरले पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले भाषा परिवर्तनमा गल्ती भयो भनी अभिव्यक्ति दिनु हास्यास्पद भएको बताइन् । राप्रपा नेपालकी भट्टराईले नेपाली भाषामा जबरजस्ती परिवर्तन गर्न खोज्दा भाँडभैलो मच्चिएको भन्दै नेपाली भाषा बचाउ अभियान थाल्नुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.