नेपाली भूमिमा भारतीयका घरटहरा 

नेपाली भूमिमा भारतीयका घरटहरा 

इटहरीः सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने साहेबगन्ज गाविसको नेपाली भूमि अतिक्रमण गरी भारतीयहरूले घरटहरा निर्माण गरी बस्ती बसाएका छन् । नेपाली भूमिमा भारतीय नागरिकले घरटहरा निर्माण गरी बस्ती बसाएपछि स्थानीय बासिन्दाले बस्ती तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

भारतीयले नेपाली भूमिमा घर बनाएर बस्ती बसाउँदासमेत नेपाल सरकराले बस्ती हटाउन चासो नदेखाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । साहेबगन्ज गाविसको नेपाली भूमिसहित दसगजा क्षेत्रमा भारतीयहरूले ३० भन्दा बढी घर बनाएर बस्ती बसाएपछि नाकामा आवतजावतमा समेत समस्या परेको छ ।

नेपाल-भारत सिमानाको दसगजा क्षेत्र वरपर दुवै देशका नागरिकले बस्ती बसाउन नपाउने भए पनि भारतीयहरूले भने नेपाली भूमि र दसगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाएका छन् ।

साहेबगन्ज गाविसको छोटी भन्सार कार्यालय दक्षिणतर्फको नेपाली भूमि अतिक्रमण गरी भारतीयले घरटहरा निर्माण गरेका हुन् । यहाँ भारतीयले घरटहरा बनाएर बस्ती बसाएपछि दसगजा क्षेत्रको निशाना नै मेटिएको छ ।

साहेबगन्ज गाविसका रामविलास यादवले भारतीयले नेपाली भूमिसहित दसगजा क्षेत्रको जमिन अतिक्रमण गरी घरटहरा बनाउँदासमेत नेपाल सरकरले हटाउन पहल नगरेको गुनासो गरे । दसगजा क्षेत्र र नेपाली भूमि अतिक्रमण गरी भारतीयले बस्ती बसाएपछि साहेबगन्ज, कप्तानगन्जलगायतका सीमावर्ती गाविसमा भारतीय डाँकाहरूको समूहले गाई, भैंसी, गोरु, राँगा, बाख्रा, खसीलगायतका धनमाल चोरी गर्ने गरेका छन् ।

आफ्नो धनमाल चेरी हुन थालेपछि सीमावर्ती गाविसका सर्वसाधारण आतंकित भएको यादवले बताए । स्थानीय महम्मद अब्दुल्लाले नेपाली भूमि र दसगजा क्षेत्र तत्काल खाली गरी सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन सरकारसँग माग गरे ।


भारतको बिहार राज्यसँग सिमाना जोडिएका सुनसरीको श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, वसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज र सिनुवारी गाविसको सयौं बिघा जमिन अतिक्रमण गरी भारतीयले ५ सयभन्दा बढी घर बनाएर बस्ती बसाएका छन् ।

भारतको बिहार राज्यसँग सिमाना जोडिएका सुनसरीको श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, वसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज र सिनुवारी गाविसको सयौं बिघा जमिन अतिक्रमण गरी भारतीयले ५ सयभन्दा बढी घर बनाएर बस्ती बसाएका छन् ।

यस क्षेत्रको अधिकांश दसगजा क्षेत्रमा समेत भारतीयले घरटहरा निर्माण गरी बस्ती बसाएको सीमा खोजीकर्ता गोपाल कोइरालाले बताए । उनले सुनसरीको साहेबगन्ज गाविसमा नेपाली भूमि अतिक्रमण गरी भारतीयले बस्ती बसाउँदासमेत सरकारले नेपाली भूमि खाली नगर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

सप्तकोसी नदीमा कोसी ब्यारेज निर्माण भएसँगै भारतीयले नेपाली भूमि अतिक्रमण गरी घरटहरा बनाएर बस्न थालेको कोइरालाको भनाइ छ । पूर्वी नेपालको सीमावर्ती गाविसको नेपाली भूमि अतिक्रमणमा परेपछि नेपाल-भारत नापी विभागका अधिकारीले अतिक्रमित भूमिको स्थलगत निरीक्षण गरी अतिक्रमण गरी बनेका घरटहरा भत्काउने सहमति भए पनि कार्यान्वयन भने भएको छैन ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख एसपी जयबहादुर खड्काले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षाको जिम्मा लिनु अगाडि नै नेपाली भूमि अतिक्रमणमा परेकाले सशस्त्र प्रहरीलाई उक्त बस्ती खाली गर्न समस्या भएको बताए ।

नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले नेपाल-भारत सीमा क्षेत्रको स्थलगत निरीक्षणका क्रममा सुनसरीको नेपाली भूमि अतिक्रण गरी भारतीयले घरटहरा निर्माण गरेको पुष्टि गरे । उनले नेपाली भूमि र दसगजा क्षेत्र अतिक्रमण गरिएको विषयमा रिपोर्ट तयार गरी दुवै देशका प्रतिनिधिबीच अतिक्रमणमा परेको जमिन खाली गर्ने सहमति भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.