राष्ट्र बैंक थप बलियो

राष्ट्र बैंक थप बलियो

काठमाडौंः राष्ट्र बैंकलाई थप बलियो बनाउँदै नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट बिहीबार पारित भएको छ । वित्तीय क्षेत्रलाई अनुशासित बनाउन राष्ट्र बैंकलाई थप नीतिगत स्पष्टता ऐनले प्रदान गरेको छ । ऐन पारित भएपछि राष्ट्र बैंक थप बलियो भएको टिप्पणी गर्दै गर्भनर डा.चिरञ्जीवी नेपालले भने, ‘हामीमा थप जिम्मेवारी पनि थपिएको छ ।’

नेपाल राष्ट्र बैंक ऐन संशोधन विद्येयक प्रस्ताव पारित भएसँगै अब गभर्नर भइसकेको व्यक्तिले जीवनभर कुनै पनि बैंक तथा वित्तीय संस्थाको पद तथा सञ्चालनक समितिमा बस्न पाउने छैन ।

गर्भनरसँगै डेपुटी गभर्नर र कार्यकारी निर्देशकले पनि पदबाट अवकाश पाएको तीन वर्ष र अन्य अधिकृतले दुई वर्षसम्म वाणिज्य बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था नयाँ ऐनले गरेको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द पण्डितले बताए ।

अवकास प्राप्त व्यक्तिले जागिर खान चाहेमा जानु अघि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने ऐनले व्यवस्था गरेको छ । राष्ट्र बैंकमा काम गरेका कर्मचारी अवकाससँगै अन्य संस्थाका काम गर्ने र गोप्य कुरा खोल्ने भएकाले निश्चित अवधिसम्म काम गर्न नपाउने व्यवस्था गरेको हो ।

संशोधित ऐनले बैंक तथा वित्तीय संस्था खारेजीमा लैजाने बाहेक राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएर यस्ता संस्थालाई फरफारकमा लैजान सक्ने व्यवस्था गरिएको छ । फरफारकमा लैजाँदा विशेष प्रशासन समूहको गठन गर्न सक्ने र केही समयका लागि संस्था सञ्चालन गर्न छुट्टै संस्था वा एकाइ स्थापना गर्न सक्ने छ । पुरानो ऐनमा अदालले नियुक्त गरेको लिक्विडेटरमार्फत संस्थाको फरफारक गर्ने व्यवस्था थियो ।

गभर्नर भइसकेको व्यक्ति जीवनरभर कुनै पनि बैंक तथा वित्तीय संस्थाको कर्मचारी र सञ्चालक समितिमा बस्न पाउने छैन । 

खारेजीमा लैजानु पर्ने समस्यग्रस्त बैंक तथा वित्तीय संस्थाका लागि गरिएको व्यवस्थालाई थप व्याख्या गर्दै राष्ट्र बैंकलाई ऐनले थप अधिकार सम्पन्न तथा बलियो बनाएको छ । बैंक तथा वित्तीय संस्था आपसमा गाभिने, शिघ्र सुधारात्मक कारवाही, कर्जा सूचना, भुक्तानी तथा हिसाव मिलान, फरफारक र बैंकले जारी गर्ने इजाजतपत्र सम्बन्धि नयाँ व्यवस्थाहरु ऐनमा उल्लेख गरिएको छ ।

साथै, संशोधित ऐनले पुर्नकर्जाको अवधि ६ महिनाबाट बढाएर एक वर्ष पुर्‍याएको छ । संसदको बिहीबार बसेको बैठकले निक्षेप तथा कर्जा सुरक्षण ऐनसमेत पारित गरेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन लागू हुने छ । राष्ट्र बैंकसँग सम्बन्धित बैंकिङ कसुर ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) भने पारित हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.