५५ करोडमा बिक्यो सीता एयर

५५ करोडमा बिक्यो सीता एयर

काठमाडौंः आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ । विराटनगरका व्यापारी सुरेश राठीसहितको समूले यो वायुसेवाको पूर्णस्वामित्व खरिद गरेको छ । यो वायुसेवा खरिदबिक्री सम्बन्धमा दुई महिना अगाडि नै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रूपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ ।

राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए । निजी लगानीको सीता एयर ५५ करोड रुपैयाँमा खरिद गरिएको राठीले बताए । एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्नरका रूपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकोले कुनै हल्ला नगरिएको राठीको भनाइ छ ।

सीता एयर स्रोतका अनुसार दुई महिना अगाडि नै जहाज खरिदबिक्रीको दुईपक्षीय सम्झौता भए पनि औपचारिकता दिन अझै केही दिन लाग्नेछ । कम्पनीको स्वामित्व हस्तान्तरण गर्न आवश्यक प्रक्रिया मिलाउन अझै चार/पाँच दिन लाग्ने सीता एयर स्रोतको भनाइ छ । स्रोतका अनुसार राठीसहित पाँच जनाको व्यापारिक समूहबाट सीता एयर खरिद भएको हो ।

राठीसहित पाँच जनाको व्यापारिक समूहबाट सीता एयर खरिद भएको हो ।

विराटनगरका व्यवसायी राठीको ट्रेडिङ व्यवसायमा दख्खल छ । राठीले भने आफूहरूले कुनै व्यापारिक ग्रुप खडा नगरेको र स्वतः स्फूर्त व्यवसाय गर्ने भएकोले पनि एयरलाइन्स सञ्चालनमा पनि व्यावसायिक ग्रुप नरहने दाबी गरेका छन् ।

राठीका अनुसार आवश्यक प्रक्रिया पुर्‍याउन, सेयर स्वामित्व परिवर्तन गर्न, कानुनी प्रक्रिया मिलाउन समय लाग्ने भएकोले खरिद गर्ने सम्झौता भए पनि आफ्नो मातहतमा सीता एयरको स्वामित्व आइनपुगेको जानकारी दिए ।

विराटनगरमा राठी जग्गाको कारोबार गर्छन् । उनको अक्सिजन ग्यास, जुट उद्योगमा पनि लगानी छ । राठी गु्रपका नामले परिचित यी व्यवसायीको आयातनिर्यात कारोबार पनि छ ।

आन्तरिक उडानको यो वायुसेवा कम्पनीसँग दुईवटा मल्टिइन्जिनका जहाज छन् । सन् २००३ बाट सञ्चालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सीट क्षमताका जहाज सञ्चालनमा छन् । सीतासँग यस अघि चारवटा जहाज भए पनि दुईवटा दुर्घटनामा परेका थिए ।

यात्रु तथा कार्गो उडान गर्ने यो वायुसेवाले एउटा जहाजमार्फत काठमाडौंबाट लुक्ला दैनिक पाँचदेखि सातवटा उडान गर्दै आएको छ । अर्को एक जहाजमार्फत नेपालगन्जबाट जुम्ला, हुम्ला र बाजुरामा एक÷एक उडान गर्दै आएको छ । यो वायुसेवा नेपालको दुर्गम क्षेत्रमा सेवा दिने छोटो दूरीको उडान तथा अवतरण गर्ने स्टोल एयरक्राफ्ट हो । लामो समयदेखि रणनीतिक साझेदार खोज्दै आएको यो वायुसेवाले पूर्णस्वामित्व नै हस्तान्तरण गरेको छ ।

सीताले काठमाडौंबाट पोखरा, तुम्लिङटार, धनगढी, जनकपुर, दाङ, विराटनगरको उडान अनुमति पाएको छ । नेपालगन्जबाट हुम्ला, जुम्ला, बाजुरालगायतका जिल्लाका गन्तव्यमा उडान गर्ने अनुमति पाएको छ । यो वायुसेवासँग पर्याप्त जहाज नभएका कारण अनुमति पाएका केही गन्तव्यमा उडान गर्न नसकिएको जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.