पहिरोले घर पुरिँदा ६ वर्षीय बालकको मृत्यु
मलेखु:दक्षिणी धादिङको गजुरी–५ मा पहिरोमा पुरिँएर एकजना चेपाङ बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गाउँमा चेपाङको घरमाथिबाट पहिरो आउँदा घर पुरिएर ६ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो।
घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ। रासस