नवलपरासीदेखि कञ्चनपुरसम्म एउटै प्रदेश बनाउन माग

नवलपरासीदेखि कञ्चनपुरसम्म एउटै प्रदेश बनाउन माग

काठमाडौंः थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए।

उनले मागका विषयमा अन्य दलहरुसँगको छलफल र सहमतिवाट आवश्यक निर्णय लिने जानकारी प्रतिनिधि मण्डललाई गराएका थिए।

मोर्चाले प्रधानमन्त्री समक्ष संविधानको धारा ६५ उपधारा ३ को सीमांकन सम्वन्धी व्यवस्था संशोधन गरी नवलपरासीदेखि कञ्चनपुरसम्मको थारु बाहल्य भूभागको थारुवान प्रदेश हुनुपर्ने, पूर्व झापासम्मको थारु बाहुल्य भूभागलाई पनि अर्को प्रदेशको मान्यता दिनुपर्ने माग गरेको छ।

यस्तै थारु आयोग गठन गरिनुपर्ने, थारु आन्दोलनमा मारिएकालाई सहिद र घाइतहरुको उपचार तथा थुनामा रहेकाहरुलाई रिहाई एवम् टिकापुर घटना सम्वन्धमा स्वतन्त्र आयोगवाट छानविन हुनुपर्ने लगायतका मागहरु प्रधानमन्त्री प्रचण्डसामू राखेको छ।

माग पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मधेस, थारु लगायतले गरेको आन्दोलनका क्रममा भएका सबै घटनाका सम्वन्धमा निष्पक्ष छानविनका लागि पूर्व न्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वको आयोग गठन गरिसकिएको जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्डले अन्य मागहरु पूरा गर्ने सम्वन्धमा सकारात्मक ढंगले पहल गर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.