पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारमा विद्युत प्राधिकरणको पत्र

पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारमा विद्युत प्राधिकरणको पत्र

काठमाडौँः पूर्वराजा ज्ञोनेन्द्र शाह बस्ने गरेको नागार्जुन दरबारमा पनि सरकारले विद्युत लाइन काट्ने पूर्व जानकारी गराएको छ ।

उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले बिहीबार नागार्जुन दरबारको लाइन काट्ने पूर्वजानकारी पत्र पठाएको हो । नागार्जुन दरबारले तिर्नुपर्ने बाँकी बक्यौता रहेको भन्दै प्राधिकरणले पत्र पठाएको हो ।

नागार्जुन दरबार सरकारकै स्वामित्वमा छ र सरकारी निकायबाटै त्यसको व्यवस्थापन हुँदै आएको छ । गणतन्त्रको घोषणापछि सरकारले निर्णय गरेर नागार्जुन दरबार बसोबासका लागि ज्ञानेन्द्रलाई उपलब्ध गराएको थियो ।

२०७२ को विनाशकारी भूकम्पले नागार्जुन दरबारमा क्षति पुगेपछि सरकारले त्यसको मर्मत तथा पुनर्निर्माणमा ध्यान दिएको छैन। भूकम्पले क्षति पुगेपछि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन्।

यसअघि सरकारले पूर्वमुमाबडामहारानी रत्न बस्दै आएको महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको थियो । पूर्वमुमा बडामहारानीलाई बस्नका लागि सरकारले निर्णय गरेर उपलब्ध गराएको महेन्द्र मञ्जिलमा बिजुली काटेर सरकारले संवेदनहिनता देखाएको भन्दै सबैतिरबाट आलोचना र विरोध भएपछि एक दिनपछि नै सरकारले बिजुलीको लाइन जोडिदिएको थियो । -सच्याइएको


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.