नवलपरासीको दाउन्नेमा एक व्यक्ति मृत फेला
दाउन्ने: नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक देवानन्द उपाध्यायले बताए। हरिजन मृत्युको कारण भने खुल्न हुन नसकेको प्रहरीले जनाएको छ। रासस