वृद्धाश्रममा रमाएका दिदीहरू
समाजकल्याण केन्द्र वृद्धा श्रम जुन पशुपतिनाथ मन्दिर परिसरसँगै जोडिएको छ । धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण यो तीर्थस्थल विश्वमा परिचित छ । तर परिसरभित्रै अवस्थित समाजकल्याण केन्द्र वृद्धा श्रमका बारेमा सबैमा जानकारी छ भन्ने छैन । यो १९३८ सालमा राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाको नामबाट स्थापना भएको हो ।
मुलुकका विभिन्न स्थानमा रहेका असहाय दीनदुःखी जस्को कुनै आर्जन छैन, चलअचल सम्पत्ति छैन र सहारा दिने आफन्त छैन, हो उनीहरूलाई संरक्षण प्रदान गर्ने उद्देश्यले वृद्धा श्रमको स्थापना भएको मानिन्छ । सरकारी स्तरबाट खोलिएको हालसम्म देशकै एकमात्र वृद्धा श्रममा अहिले दुई सय पाँचजना वृद्धाले संरक्षण पाउँदै आएका छन् ।
२० जना कर्मचारीको दरबन्दी रहेको यस केन्द्रमा सम्पूर्ण औषधि उपचार, रेखदेख, खानपान, सरसफाइ जस्ता मानवीय जीवनमा आइपर्ने सम्पूर्ण जिम्मेवारी संस्थाले नै सम्हाल्दै आएको छ । ६५ वर्ष पार गरेका वृद्ध बुवाआमामध्ये जो निरोगी छन् उहाँहरूले स्वयम् आफ्नो लुगा धुने, भजनकीर्तन गर्ने, सरसफाइ गर्ने, मठमन्दिरको सफाइ गर्ने, बत्ती कात्ने काम गर्नुहुन्छ । यहाँ भएकामध्ये केही बुवाआमा अशक्त, अपांग, मानसिक अशक्त, भएकाको स्याहारसुसार गर्न त्यति नै जटिल र अप्ठ्यारो छ । जसका बारेमा हामीले सोच्दा पनि मन र मस्तिष्क तरंगित भएका आउँछ ।
विराटनगरकी चेली संगीता दाहाल जो काठमाडौंकी बुहारी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आन्तरिक स्रोतबाट, सात वषदेखि यहाँका वृद्धवृद्धाको स्याहारसुसार र रेखदेखमा निरन्तर लागिपरेकी छन् । दाहालजस्तै अन्य दुईजना महिला पनि सँगै मिलेर काम गर्छन् ।
तीनजना महिलाले दुई सय पाँच जना महिला पुरुषको खानपान, सरसफाइ गर्दै आएका छन् । हँसिलो अनुहारमा राम्रो बेहोरा देखाउने संगीता बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म यहाँका वृद्ध आमाबुवाको हेरचाहमै व्यस्त हुन्छिन् । जति व्यस्तता भए पनि उनी लोकसेवाको तयारीका लागि लोकसेवा दर्पण गाइड कहिल्यै छुटाउँदिनन् ।
'कार्यालय प्रमुख महेशकुमार बस्नेत र सहकर्मी दिदी कमला जिरेलले सधैं प्ररेणा दिनुहुन्छ', दाहालले फुरुंग हुँदै भनिन् । बीएसम्मको अध्ययन पूरा गरेकी उनलाई मुलुकमा रोजगारीको चरम समस्याप्रति डर लाग्छ । 'काम पाउन त्यति सजिलो छैन, सबैतिर नातावाद, कृपावाद छ', संगीताले भनिन्, 'आफूसँग पनि कुनै सीप छैन भने त भोकभोकै बस्नुपर्ने हुन्छ ।' कुनै दिन आफू पनि कामको खोजीमा भौतारिएर हिँडिरहेको बेला कसैले यहाँ काम दिलाई दिएर ठूलो गुन लगाएको सम्झन्छिन् । दुई साना छोराकी आमा संगीता घरको व्यवहार श्रीमान्ले सम्हाल्ने गरेकोमा गर्व गर्छिन् ।
उनलाई ढोँगी समाजदेखि भने दिक्क लाग्छ । 'एनजीओ, आईएनजीओमा काम गर्नेलाई समाजले 'आहा' भन्ने तर आफूजस्तो दुःखी, बेसहारा, पाका बुवाआमाको दिसापिसाब सोहोर्ने, ख्वाउने, चुठाउनेप्रति नाक खुम्च्याउने प्रवृत्ति छ', संगीताले भनिन्, 'यही कामले मलाई सन्तुष्टि मिलेको छ, व्यावहारिक बनाएको छ, कतिपय दिदीबहिनी विदेश गएका छन्, धेरैको घरबार बिग्रिएको छ तर मलाई आफ्नै मुलुकमा बसेर आफ्नै देशका बेसहारा आमाबुवाको सहारा बन्न पाउने सौभाग्य मिलेकोमा गर्व छ ।'
पढेको र नपढेकोमा फरक सोच हुनु स्वाभाविक भए पनि हाम्रो समाजमा झाँगिएको देखावटी र नक्कली सोचप्रति भने उनलाई खिन्नता जाग्छ । बिना मेहनत कमाउनेको इज्जत हुने र मेहनत गरेर समाजसेवा गर्नेलाई हेयको आँखाले हेर्ने प्रवृत्तिदेखि उनलाई दिक्क लाग्छ ।
'सेवामूलक काम त्यति सजिलो त छैन', वृद्धाआ श्रममा सबैकी कमला दिदीका रूपमा चिनिएकी कमला जिरेल आफ्ना दुई छोरी भएको र बुढेसकालमा थला परियो भने यही हालत होला कि भनेर चिन्ता गर्छिन् । उनी भन्छिन्, 'अन्य धर्मकर्मभन्दा पनि जे सकिन्छ यहीका बुवाआमाको हेरचाह गर्छु ।', अपांग, अशक्त, मानसिक रोगी बुवाआमा कहिलेकाहीँ बालबालिकाझैं झगडा गर्दा, रिसाउँदा सम्हाल्न निकै गाह्रो हुने अनुभव उनको छ । 'बाबुआमाले जस्तै कतिपय बाआमालाई त कराउनै पर्छ', उनले अनुभव सुनाइन् ।
देशमै बसेर बुवाआमाको सेवा गर्दा मलला दिदीलाई आनन्द लाग्छ । 'पैसै ठूलो कुरा होइन, आत्मसन्तुष्टि पनि केही हो', उनले भनिन् । तर आ श्रममा पुरानै तौरतरिकामा सरसफाइ, खानपान र स्याहारसुसार गर्नुपर्दा भने उनलाई दिक्क पनि लाग्छ । 'नयाँनयाँ उपकरण आइसक्यो (ड्राइपर, ग्लोस, स्विपर, भ्याकुम) हामी भने पुरानै तरिकाले दिसापिसाब सफासुग्घर गरिरहेका छौं', उनले भनिन् । यसो गर्नुपर्दा पहिला पहिला घिन लागे पनि अब भने अभ्यस्त भइसकेको उनले बताइन् । अचेल त एक दिन घरमा बस्दा पनि शून्यजस्तै र दिक्क लाग्ने गरेको उनले बताइन् ।
वृद्धा श्रममा एउटा सवारीसाधन पनि छैन, रातबिरात बुवाआमा कोही बिरामी हुनुभयो भने अस्पताल लग्न पनि समस्या भइदिन्छ ।
मन्त्रालयले दुईदुई वर्षमा कार्यालय प्रमुख गर्ने हुँदा नयाँ सुधारका कार्यक्रमले स्थान नपाउने र पुरानै शैलीको निरन्तरता भइरहने यहाँको छ । 'एउटा सवारीसाधन पनि छैन, रातबिरात बुवाआमा कोही बिरामी हुनुभयो भने अस्पताल लग्न पनि समस्या भइदिन्छ', कार्यालय प्रमुख महेशकुमार बस्नेतले बताए ।
दाताहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको पनि व्यवस्थित हुन नसक्दा त्यसको भरपुर फाइदा हुन सकेको छैन् । कार्यालयदेखि दाताबाट संकलन भएको रकम सामाजिक सेवामूलक कार्यमा खर्च हुने गरेको कार्यालय प्रमुख बस्नेतले बताए । पछिलो समय नेपाली समाज आफ्नै काममा व्यस्त हुन थालेपछि निजी क्षेत्रबाट खुलेका सुविधासम्पन्न केन्द्रहरू फस्टाउन थालेका छन् । तर त्यहाँको खर्च महँगो भएकाले आमनागरिकका लागि सम्भव नभएको जानकारहरू बताउँछन् । समाजले हेर्ने आँखा फरक भए पनि वृद्धाआ श्रम वा बूढापाकाको केयर सेन्टर आवश्यक भएको कार्यालय प्रमुख बस्नेतले बताए ।
यहाँ सबै सुविधा पुर्याउन कोसिस गरिए पनि रातिको समयमा भने कुनै कर्मचारी वृद्धा श्रममा हुँदैन । गार्डको भरमा आ श्रम छोडिन्छ । यसले गर्दा मानसिक कमजोरी भएका, अशक्त र अपांग बुवाआमाले रातभर दिसापिसाबमा डुबेर बस्नुपर्ने बाध्यता छ । रातिको समयमा पनि स्याहारसुसार गर्ने कर्मचारीको व्यवस्था गर्न सके यहाँका बुवाआमाले दिसापिसाबमा पशु सरह रात काट्नुपर्ने समस्या रहने थिएन । यसो हुन सके समाज कल्याण परिषद्को भूमिकामा पनि कसर बाँकी रहने थिएन ।