शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

चितवनको चण्डीभन्ज्याङ ६ स्थित त्रिशूली नदीमा बस दुर्घटना हुँदा हराइरहेका नौजना फेला परेका छैनन् । शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम सस्कार गर्न थालेका छन् । हराइरहेका मध्ये एकजना भारतीय र एकजना सर्लाहीका छन् भने सातजना रौतहटका छन् । दुर्घटना भएको एक साता बितिसक्दा पनि हराइरहेका यात्रुको शव नभेट्दा आफन्त थप पीडामा छन् ।

गौरः चितवनको चण्डीभन्ज्याङ ६ स्थित त्रिशूली नदीमा बस दुर्घटना हुँदा हराइरहेका नौजना फेला परेका छैनन् । शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम सस्कार गर्न थालेका छन् ।

हराइरहेका मध्ये एकजना भारतीय र एकजना सर्लाहीका छन् भने सातजना रौतहटका छन् । दुर्घटना भएको एक साता बितिसक्दा पनि हराइरहेका यात्रुको शव नभेट्दा आफन्त थप पीडामा छन् ।

दुर्घटनामा हराइरहेकी चन्द्रपुर ३ की पुनमदेवी साहको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर हिन्दु धर्मअनुसार अन्तिम संस्कार गरेका छन् । दुर्घटनामा हराइरहेकी साहका श्रीमान्, एक छोरी र छोरा चितवनमा उपचार गराइरहेका छन् भने एक छोरीको मृत्यु भएको थियो ।

जिल्लाकै झुन्खुनुवा गाविसका २६ वर्षीय दीपेन्द्र साह नभेटिएपछि परिवारले कुश को शव बनाएर संस्कार गरेका छन् । शिक्षक बन्ने सपना बोकेर पोखरामा शिक्षक आयोगको परीक्षा दिन हिँडेको छोरोका शवसमेत नभेटिँदा उनका आमा र बुबा बेलाबेलामा बेहोस हुने गरेका छन् ।

दुःखले हुर्काउँदै स्नातकसम्म पढाएको छोरो दुर्घटनामा हराएपछि परिवारमा रुवाबासी छ । साहका बाबु लक्ष्मी भने, ‘छोराको शव भेटिन्छ कि भन्ने आस थियो तर धेरै दिन बित्तिसक्दा पनि नभेटिएपछि कुशको शव बनाएर अन्तिम सस्कार गर्‍यौ ।’ यस्तै कटहरिया ४ का शम्भुप्रसाद यादवका आफन्तले पनि कुशको शव बनाएर संस्कार गरेका छन् ।

हराइरहेका आफन्तको बिलौनाबाहेक केही छैन । उनीहरूको घरमा चुलो बलेको छैन । दुर्घटनामा हराइरहेका रौतहटका सातजना आफन्तको एउटै बिलौना छ, ‘मरेर गएको भए पनि अन्तिम पटक मुख हेर्न पाए हुने थियो ।’ दुर्घटनामा चार भारतीय नागरिकसहित २५ को ज्यान गएको थियो । दुर्घटना भएकै दिन २२ जना र पाँच दिनपछि हराइरहेका तीनजनाको शव भेटिएको थियो । दुर्घटनामा १६ घाइते भएका थिए भने अझै नौजना हराइरहेकाले खोजी गरिदिन आफन्तले प्रहरीलाई अनुरोध गरेका छन् ।

हराइरहेकाहरूको खोजीमा प्रहरी गम्भीर नभएको आफन्तले गुनासो गरेका छन् । प्रहरीले नदी किनारका प्रहरी इकाइलाई शव खोज्न निर्देशन दिएको जनाएको छ ।

दुर्घटनामा गौरका राकेशकुमार गुप्ता, भारत बिहार राज्य दखानका सञ्जय चौधरी, सर्लाही सुदामा ८ का राजीवकुमार सिंह, रौतहट कटहरियाका ४ का शम्भुप्रसाद यादव, झुन्खुनुवा ८ का दीपेन्द्र साह, राजपुरफरदवा ६ का ललनकुमार कलवार, खेसरहिया ७ का विश्वनाथ साह, चन्द्रपुर नपा ३ की पुनमदेवी साह, मुडवलवाका रामवालक जयसवाल भेटिएका छैनन् ।

एक साताअघि गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.