ताप्लेजुङमा पहिरोमा पुरिँएर तीनजनाको मृत्यु, सयौं विस्थापित

ताप्लेजुङमा पहिरोमा पुरिँएर तीनजनाको मृत्यु, सयौं विस्थापित

 

ताप्लेजुङ: अविरल वर्षापछि गएको पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। पहिरोमा पुरिएकी एक महिला अझै बेपत्ता छिन्।

ताप्लेजुङ नगरपालिका–२ स्थित टीका मगरको घर माथिबाट झरेको पहिरोले पुर्दा उनकी २८ वर्षीया श्रीमती बिमला, ९ वर्षका छोरा मनोज र ७ वर्षका छोरा ललितको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिँएको घरबाट विहानै बाहिर निकालेका थिए।

पहिरोले पुरेको घरमा उद्धार गर्दै स्थानीय तथा सुरक्षाकर्मी

राति सुतिरहेका वेला आएको पहिरोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका–८ कि स्थानीय सुब्बेनी माइली भनेर चिनिने दिलकुमारी पालुङवा बेपत्ता भएकी छिन्। पहिरोमा पुरिँएर गम्भिर घाइते भएकी उनकी बहिनी कृष्णकुमारी पालुङवाको भने जिल्ला अस्पतालमा ताप्लेजुङमा उपचार भइरहेको छ।

दुई दिनदेखिको अविरल वर्षापछि ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको धेरै स्थानमा पहिरो गएको छ। पहिरोले घर पुरिँदा पूर्ण र आंशिक गरी करिव ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। सबै भन्दा ठूलो पहिरो गएको ताप्लेजुङ नगरपालिका–८ मा मात्र ३२ घर पहिरोले बगाएको छ भने १ सय ५५ जना विस्थापित भएका छन्। भिषण वर्षाका कारण ताप्लेजुङ नगरपालिकाको ल्याङबा, कोदार गाउँ, सालिम्मे, बाहानन्दे, मेवाराजालगायत ठाउँहरुमा पहिरो गएकाले सयाैं विस्थापित भएका छन्।

पहिरोका कारण सबै भन्दा बढी विस्थापित भएका ताप्लेजुङ नगरपालिका ८ का ३२ घरका १ सय ५५ जनालाई नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। उनीहरुलाई ताप्लेजुङ नगरपालिका–८ हिटीस्थित होराइजन स्कुलमा राखिएको छ।

पहिरोकै कारण मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ। मेची राजमार्गको खेक्से खोलामाथिबाट खोक्से भिर झर्दा झण्डै १०० मिटर बाटो पहिरोले पुरिएकाले जिल्लाबाट झापा, इलाम, पाँचथर हुँदै विराटनगर, धरान, दमक लगायतका ठाउँमा जाने सवारी साधन ठप्प भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.