परराष्ट्रमन्त्री महतको प्रेस संयोजकमा पाठक नियुक्त
काठमाडौंः परराष्ट्रमन्त्री डा. परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा पत्रकार एकराज पाठक नियुक्त भएका छन्।
राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादकसमेत रहेका पाठकलाई परराष्ट्रमन्त्री महतले आफ्नो जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त गरेका हुन्।
पाठकलाई परराष्ट्रमन्त्री डा महतको सचिवालयमा रा.प प्रथम श्रेणी सरहको नियुक्त दिइएको छ।
बागलुङको अमलाचौरमा विस. २०३१ फागुनमा जन्मिएका पाठक २० वर्षदेखि पत्रकारितामा सक्रिय छन्।