ताप्लेजुङमा पहिरोले आमा र दुई बालकको मृत्यु

ताप्लेजुङमा पहिरोले आमा र दुई बालकको मृत्यु

ताप्लेजुङः अविरल वर्षापछि गएको पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको ज्यान गएको छ भने  एक महिला बेपत्ता छिन् ।

ताप्लेजुङ नगरपालिका वडा नम्बर २ का टीका मगरको घर माथिबाट झरेको पहिरोले पुर्दा २८ बर्षीया श्रीमती बिमला, ९ वर्षका छोरा मनोज र ७ वर्षका छोरा ललितको ज्यान गएको प्रहरीले जनाएको । उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिएको घरबाट बिहानै निकालेका थिए । 

सुतिरहेको समयमा पहिरोले  घर बगाउदा ताप्लेजुङ नगरपालिका ८ कि स्थानीय सुब्बेनी माइली भनेर चिनिने दीलकुमारी पालुङवा बेपत्ता छन् । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी बहिनी कृष्णकुमारी पालुङवाको जिल्ला अस्पतालमा ताप्लेजुङमा उपचार भइरहेको छ ।

अविरल वर्षापछि ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको धेरै स्थानमा पहिरो गएको छ। पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी करिब ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सबै भन्दा ठूलो पहिरो गएको ताप्लेजुङ नगरपालिका ८ मा मात्र ३२ घर पहिरोले बगाएको छ भने एक सय ५५ जना विस्थापित भएका छन् ।

भिषण बर्षाको कारण ताप्लेजुङ नगरपालिकाको ल्याङबा, कोदार गाउँ, सालिम्मे, बाहानन्दे, मेवाराजालगायतका ठाउँमा पहिरो जाँदा सयौ विस्थापित भएका छन् ।

पहिरोका कारण विस्थापित एक सय ५५ जनालाई  नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । उनिहरुलाई ताप्लेजुङ नगरपालिका ८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ । विस्थापितलाई स्थानीयको सक्रियतामा उद्धार गरी आपतकालीन राहत समेत वितरण गरिएको प्रजिअ पाण्डेले बताए ।

पहिरोकै कारण मेची राजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । मेची राजमार्गको खेक्से खोला माथिबाट खोक्से भिर झर्दा झण्डै १०० मिटर बाटो पहिरोले पुरेको छ ।  

ताप्लेजुङबाट झापा, इलाम, पाँचथर हुँदै विराटनगर, धरान, दमक पुग्ने सवारी साधन ठप्प छन् । शनिबार दिनभर ताप्लेजुङ नगरपालिका र सडक डिभिजन कार्यालय इलामको स्काबेटरले अवरुद्ध बाटो खुलाउने प्रयास गरे पनि पहिरो पन्छाउन नसकिएको सडक डिभिजनकार्यालय प्रविधिक नविन उप्रेतीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.