सुनजस्तै तोलामा बिक्री हुन्छ चरेश

सुनजस्तै तोलामा बिक्री हुन्छ चरेश

काठमाडौं: धादिङका कृष्ण मगर भदौ ६ गते दुई किलो चरेशसहित कीर्तिपुरबाट पक्राउ परे । उनले ठमेलमा बिक्री गर्न उक्त चरेश धादिङबाट खरिद गरेर ल्याएको बयान प्रहरीलाई दिएका थिए । मगरले ठमेलमा दुर्व्यसनीलाई चरेश पटकपटक बिक्री गर्दै आएको समेत बताए ।

मगर पक्राउ परेको दुई सातापछि बाफलबाट सुजन क्षेत्री एक किलो चरेशसहित शुक्रबार ठमेलबाट पक्राउ परे । ठमेलमा ह्यान्डिक्राप्ट ट्रेड सेन्टर खोलेका मगरको भित्री उद्देश्य चरेश बिक्री गर्नु थियो । उनले तराजु राखेर साना पाउचमा चरेश तौलेर दुर्व्यसनीलाई बिक्री गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले मगरको ह्यान्डिक्राप्ट पसलबाट तराजुसमेत बरामद गरेको छ । शनिबार गुल्मीका निशान भट्टचन एक किलो दुई सय ५० ग्राम चरेशसहित मनमैजुबाट पक्राउ परे । उनी पनि ठमेलकै दुर्व्यसनीलाई चरेश बेच्ने व्यापारी हुन् ।

तीन साता अवधिमा प्रहरीले ठमेल क्षेत्रबाट करिब पाँच किलो चरेश बरामद गरिसकेको छ । ६ महिना अवधिमा यस क्षेत्रबाट २० किलो चरेश बरामद भएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन्, 'ठमेलमा प्रहरीले लागूऔषधको धन्दा पाँच प्रतिशतमात्रै कन्ट्रोल गरिरहेको छ । बाँकी ९५ प्रतिशतले गोप्य ढंगबाट बिक्री गरिरहेका छन् । सुराकीबिना पत्ता लगाउन धेरै गाह्रो छ ।' उनले ठमेलमा ५० प्रतिशत विदेशी तथा स्वदेशी पर्यटक लागूऔषध सेवनकै लागि आउने गरेको दाबी गरे । डीएसपी राठौरका अनुसार सुनजसरी तोलामा बिक्री हुन्छ चरेश ठमेलमा । 'चरेशसँगै तराजु बरामद गरेपछि हामीले सोध्दा तोलामा चरेश बिक्री गर्ने गरेको बयान कारोबारीले दिएका छन्', उनले भने । पैसाबिनाका सुराकीले सूचना नदिने भएकाले ठमेलमा लागूऔषध नियन्त्रण गर्न राज्यले पैसा खर्च गर्नुपर्ने प्रहरी भनाइ छ ।

विशेषगरी नाइजेरियाली र भारतीय कारोबारीहरू ठमेलमा लागूऔषध बिक्रीमा सक्रिय रहेको सूचना प्रहरीसँग छ । 'कोकिन, हेरोइनजस्ता उच्च कोटीका लागूऔषध नाइजेरियालीले बिक्री गर्छन् भने चरेश भारतीय गिरोहले बिक्री गर्ने गरेका सूचना प्रहरीसमक्ष आइपुगेको छ । हामीले उनीहरूमाथि उच्च निगरानी राखेका छौं', राठौरले भने ।

गृह मन्त्रालयको प्रतिवेदनअनुसार नेपालमा ६७ जिल्लामा गाँजाको खेती हुन्छ । व्यावसायिक रूपमा भने मकवानपुर र धादिङमा बढी गाँजाखेती हुँदै आएको छ । मकवानपुर र धादिङमा उत्पादित गाँजा ठमेलमा मात्रै सातामा पाँच देखि १० किलो बिक्री हुने गरेको जानकारी राठौरले दिए । उनले भने, 'हामीले समात्न पनि छाडेका छैनौं । कारोबारीले बिक्री गर्न पनि छोडेका छैनन् ।' दुईदेखि पाँच किलो चरेश बोकेर हिँड्ने व्यक्ति पोके कारोबारी हुन् । साना पाउच बोक्ने दुर्व्यसनी हुन् । नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृतले भने, 'ठमेल लागूऔषधमै टिकेको छ, गाँजामा गमला उमार्ने होटल धनी तथा आवरणमा कपडा र ह्यान्डिक्राप्ट व्यापारी नै चरेश बिक्रीमा संलग्न छन् ।'


लागूऔषध दुर्व्यसनी पक्राउ

डेरामा धमाधम लागूऔषध दुव्र्यसन गरिरहेका आठजनालाई प्रहरीले पक्राउ गेरेको छ । कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटार डेरा लिएर बसेकी पुनम खत्रीको कोठाबाट खत्रीसहित सात युवती र एक किशोर गरी आठजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले खत्रीको कोठाबाट १३ वटा सिरिन्ज, सिरिन्जमा लाग्ने फेनारगन, डाइजेपाम ३० एम्पुलसमेत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.