असार ३० मा सडकलाई पाँच करोड

असार ३० मा सडकलाई पाँच करोड

बैतडी: योजना सम्पन्न गरी असार २५ गतेभित्र खर्चको फर्स्योट गर्ने नियमविपरीत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति बैतडीलाई झन्डै पाँच करोड रुपैयाँ निकासा गरेको छ ।

पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारीले आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकका लागि एउटै शीर्षकमा असार २८ गते दुई करोड ७० लाख र एक करोड ७७ लाख रुपैयाँ भिन्दाभिन्दै मन्त्रालयमार्फत निकासा गराएका हुन् । जिविस बैतडीले भने बजेट आउने आश्वासन पाएपछि फागुन १० गतेदेखि उधारोमा काम थालेर असार ३० गते बजेट पाएपछि भुक्तानी गरेको जनाएको छ ।

जिविस बैतडीले बजेट निकासा ढिलो गरी प्राप्त भए पनि काम समयमै सम्पन्न भएको जनाएको छ । स्थानीय विकास अधिकारी खेमराज बिष्टका अनुसार पूर्वराज्यमन्त्री भण्डारीले 'काममा कुनै सम्झौता नगर्नोस्, ढुक्क भएर काम गर्नोस् बजेट आउँछ' भनेपछि उधारोमा काम गराएको र सडकका सबै योजना पूरा भएका हुन् । उनले भने, 'आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकका लागि पाँचवटा सडकको ट्र्याक खोल्ने काम गर्‌यौं । जसका लागि जिविसमा भएको बजेटलाई प्रत्येक योजनामा २५–२५ लाख रुपैयाँ पेस्की दिएका थियौं ।'

उनले सडकको काम फागुनदेखि सुरु गरेको र बजेट आएपछि भुक्तानी गरेको जानकारी दिए । 'यसरी आउने ठूलो मात्राको बजेट कसरी सीमा र आधारभित्र रहेर सम्पन्न गर्ने होला भनेर हामी अलमलमा थियौं', उनले भने, 'बजेट आउनेमा ढुक्क भएपछि ठूलै कसरतमा काम थाल्यौं, यसरी उधारो र थोरै समयमा काम गरे पनि बिनासम्झौता समयमै काम फत्ते गर्दा उदाहरणीय भएको छ ।'

जिविसका सबइन्जिनियर भक्तराज भट्टका अनुसार मन्त्रालयबाट निकासा भएको उक्त रकमबाट गुरुखोला कलौन सडक, रुद्रेश्वर डिलासैनी सडक, विथ्याकटान ढुंगाड सडक, खोचेलेव सित्तड रिम डिलासैनी सडक र देहिमाडौं दुर्गास्थान सलेना सडक गरी ९७ किलोमिटर ट्र्याक निर्माण भएको हो । योजना तथा कार्यक्रम स्वीकृत र उपभोक्ता समिति गठन गरी चैतदेखि सुरु गरिएका यी योजनालाई प्रचलित नियम र मापदण्डमा रही जिविसले जेठ ४ गते प्रत्येक योजनालाई २५ लाख रुपैयाँका दरले पेस्की दिएको उनको भनाइ छ ।

कार्यक्रम स्वीकृत राष्ट्रिय योजना आयोगबाट गर्नुपर्ने प्रावधान छ । भट्टका अनुसार ढिलोमा असार २५ गते फर्स्योट हुनुपर्ने भए पनि असार ३० गते बजेट प्राप्त भएपछि उपभोक्ता खुसी भएका थिए । बजेट नआए के गर्ने भन्ने अन्योलले जिविसमा ठूलो समस्या खडा भएको उनको भनाइ छ । देहीमाडौं दुर्गास्थान सलेना सडक उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर बोहोराले फागुन १० गते काम सुरु गरी असार तेस्रो साताभित्र २.५ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए ।

उनले भने, 'बजेट आउने–नआउने निश्चित थिएन । जिविसले आउँछ काम गर्नोस् भनेपछि उधारोमै थाल्यौं । पछि बजेट कम भन्दै २० प्रतिशत श्रमदान गर्नुपर्‌यो । तर पनि गाउँले खुसी छन् ।'

मन्त्रालयको आर्थिक प्रशासन शाखाका अनुसार जिल्ला विकास समिति बैतडीका लागि असार २८ गते आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडकका लागि दुई करोड ७० लाख र सोही मितिमा सोही शीर्षकमा एक करोड ७७ लाख रुपैयाँ गरी चार करोड ४७ लाख निकासा भएको हो ।

शाखाका प्रमुख सुवासचन्द्र शिवाकोटीले भने, 'सामान्यतया मन्त्रालयले असारमा अख्तियारी जारी गर्दैन तर यो योजनामा अर्थ मन्त्रालयको सहमतिमा योजना आयोगले कार्यक्रम स्वीकृत गरी जिल्लामा असार २५ गतेभित्र काम सम्पन्न भएको भनी कागजात आएकाले बजेट निकासा गरिएको हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.