गैरकानुनी रूपमा बस्ने पर्यटक बढे

गैरकानुनी रूपमा बस्ने पर्यटक बढे

पोखरा: पोखरामा गैरकानुनी रूपमा बस्ने पर्यटकको संख्या बढेको छ । लामो समय पोखरा बसेका पर्यटकको गतिविधि अनुगमन नगर्दा यो अवस्था आएको पर्यटन व्यवसायीले बताएका छन् ।

अध्यागमन कार्यालय पोखराको आयोजनामा स्थानीय पर्यटन व्यवसायीसँग भएको अन्तरक्रिया पश्चिमाञ्चल क्षेत्रीय होटेल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा व्यापारिक भिसा नलिएरै व्यापार गर्ने, भिसा अवधि सकिएर पनि लामो समय बस्ने पर्यटक बढ्दै गएको बताए । पोखरामा कतिपय पर्यटकले व्यापारिक भिसा लिएर व्यापार गरेका छन् भन्ने सरकारी तथ्यांक छैन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष रामचन्द्र शर्माले लामो समय बस्ने पर्यटकको गतिविधि अनुगमन नगर्दा पोखरामा गैरकानुनी रूपमा बस्ने पर्यटक बढ्दै गएको बताए । पदयात्रा क्षेत्रमा जाने पर्यटक पनि बिना अनुमति पदयात्रामा जाने गरेको शर्माको भनाइ छ । प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर तिरेर मात्र जान पाउने उपल्लो मुस्ताङमा यस्तो अवस्था रहेको उनले बताए ।

कागवेनी पुगेपछि उपल्लो मुस्ताङ छिर्ने नाकामा जाँच गर्दा ध्यान नदिँदा यो समस्या आएको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारीका साथै त्यस क्षेत्रमा प्रहरी चौकीसमेत राखेर नियमित जाँच गर्नु पर्नेमा उनले जोड दिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठी, अग्नी कँडेल, गणेशबहादुर भट्टराई, टिकाराम सापकोटालगायतले गैरकानुनी रूपमा बस्ने र कर छलेर पोखरामा व्यापार गर्ने पर्यटकको अनुगमन गरी कानुनी दायरामा ल्याउनु पर्ने सुझाव दिए ।

पोखरामा विभिन्न समयमा बिना भिसा पदयात्रामा जाने र ओभरस्टे गर्ने पर्यटक समातिने गरेको अध्यागमन कार्यालय पोखराका प्रमुख रामचन्द्र अधिकारीले बताए । २०७३ साउन महिनामा मात्र दुई स्विस र एक चिनियाँ नागरिक गरी तीनजना पर्यटकले पदयात्रा अनुमति नलिई उपल्लो मुस्ताङको पदयात्रा गरेको अवस्थामा पक्रिएर अध्यागमन विभाग काठमाडौंमा पठाएको अधिकारीले जानकारी दिए । प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर तिरी अनुमति लिनुपर्नेमा पर्यटक अनुमति नलिई पदयात्रामा गएको अवस्थामा फेला परेको उनले बताए ।

२०१५ को जनवरीदेखि नोभेम्बर महिनासम्म भिसाको समय सकिएपछि पनि कानुन विपरीत बस्ने पाँचजना पर्यटक पक्राउ परेका थिए । यसरी पक्राउ परेका पर्यटक झैझगडा गरेपछि पासपोर्ट मागेर जाँच गर्दा कुनैको भिसाको समय सकिएको, कुनैको पासपोट नै नभएको अवस्थामा फेलापरेको अध्यागमन कार्यालय कास्कीले बताएको छ । गत वर्ष इजरायल, केन्या, इरानी, रसिया र स्पेनका पर्यटक गैरकानुनी रूपमा बसेको अवस्थामा पक्राउ परेका हुन् ।

अध्यागमन ऐन विपरीत नेपालमा बसेका अवस्थामा पक्राउमा परेका पर्यटकलाई अध्यागमन विभागले जरीबानासहित देश निकालासमेत गर्न सक्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्ध बज्राचार्यले अध्यागमन कार्यालय पोखराले सहयोग मागे गैरकानुनी रूपमा बसेका पर्यटकलाई नियन्त्रण गर्न प्रहरी २४ सै घन्टा तयार रहेको बताए । इन्फोपोखरामा कतिपय पर्यटकले व्यापारिक भिसा लिएर व्यापार गरेका छन् भन्ने सरकारी तथ्यांक छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.