माअोवादी बहिर्गमित लडाकूका सचिवको कारागारभित्रै मृत्यु

माअोवादी बहिर्गमित लडाकूका सचिवको कारागारभित्रै मृत्यु

काठमाडौंः माओवादीका एकजना बहिर्गमित लडाकूको कारागारभित्रै मृत्यु भएको छ। माओवादीका बहिर्गमित लडाकू तथा जनमुक्ति सेना नेपालका सचिवसमेत रहेका सञ्जय जर्घामगरको गएराति काठमाडौंको डिल्लीबजारस्थित कारागारभित्रै मृत्यु भएको छ।

भक्तपुरको गठ्ठाघरस्थित प्रविण आयल स्टोरका सञ्चालक जर्घामगर पम्पभित्र अर्को मिटर जडान गरेर ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।  मकवानपुरको भैसे निवासी २४ वर्षीय जर्घामगरलाई गत साउन ९ गते पक्राउ गरी कारागार चलान गरिएको थियो। जर्घामगरको हृदयघातका कारण मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

तर, बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भने स्वास्थ्यमा समस्या आउँदा समेत कारागार प्रशासनले लापरबाही गर्दै उपचारका लागि जर्घामगरलाई अस्पताल नलग्दा मृत्यु भएको बताए। उनले मृत्यु रहस्यमय भएको र त्यसको छानविन सरकारले गर्नु पर्ने बताए। उनका अनुसार मृतक जर्घामगरका आफन्तहरुले घटनाबारे यथार्थ कुरा बाहिर नआएसम्म शव नबुझ्ने बताएका छन्।

शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको कारागार प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.