जाजरकोटमा आगलागी, एकको मृत्यु
जाजरकोटः जाजरकोटको भेरीमालिका चार शान्तिाचौताराको होटलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको एक होटलमा आगलागी हुँदा ३० वर्षकी संगीता खत्री बोहराको जलेर मृत्यु भएको हो ।
आगलागीमा परी चार जना घाइते भएका छन् । घाईते हुनेमा पेट्रोल पसलमा काम गर्ने प्रेम राना, स्थानीय गोकर्ण चन्द, आगो निभाउने क्रममा प्रहरी जवान रमेश शाही र घरमालिक मानसिंह खत्री गम्भीर घाइते भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।
घाईतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।
स्थानीयबासी, प्रहरी, नेपाली सेना, रेडक्रसकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय मानसिंह खत्रीको घरमा होटेल व्यवसाय गर्ने संगीताले पेट्रोलीयम पदार्थ पनि बिक्री गर्दै आएकी थिइन् ।