चितुवाले झम्टेपछि हराएकी बालिकाको शव भेटियो

चितुवाले झम्टेपछि हराएकी बालिकाको शव भेटियो

बैतडी : चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव आज फेला परेको छ ।

उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले शनिबार आक्रमण गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बालिकाको शव घरदेखि करिब ८०० मि को दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको बताए। चितुवाले आक्रमण गरेलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले बालिकाको खोजी गरेको थियो ।

यसअघि यही भदौ ४ गते उदयदेव–९ मकैल ब्याल्धमका हिरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको चितुवाको आक्रमणवाट ज्यान गएको थियो । यस घटनासँगै तल्लोसोराडमा नरभक्षी चितुवाको आक्रमणबाट केही समययता २२ जनाको ज्यान गइसकेको छ । चितुवाले बस्ती पसेर मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.