जाजरकोटको पेट्रोल डिलरमा आगलागी, एक महिलाको मृत्यु

जाजरकोटको पेट्रोल डिलरमा आगलागी, एक महिलाको मृत्यु

जाजरकोटः जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एकजना महिलाको ज्यान गएको छ। अन्य चारजना गम्भीर घाइते भएका छन्।

जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा रहेको पेट्रोल डिलरमा बिहान ११ बजे आगलागी हुँदा नायकबाडा–२ कि १८ वर्षीया संगिता खत्री बोहराको ज्यान गएको हो। पेट्रोल डिलर नजिकैको अर्को कोठामा माइतीले होटल सञ्चालन गरेका थिए।

डिलरमा लागेको आगो सल्किएर होटलमा पनि आगो लागेपछि उनको ज्यान गएको हो। आगोमा परेर उनका बुबा कार्कीगाउँका–७ का मानसिंह खत्री गम्भीर घाइते भएका छन्। डिलर सञ्चालन गर्ने रुकुम चौरजहारी नगरपालिका–७ का २३ वर्षे प्रेमबहादुर राना, सोही ठाउँका १८ वर्षीय गोकर्ण चन्द र जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ।

‘पेट्रोलको गन्ध आएपछि के भएछ भन्दै घरभित्र छिरेको थिएँ’ प्रहरी जवान शाहले भने, ‘म छिर्ने बित्तिकै आगो सल्कीहाल्यो घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएँ।’ उनी लगायत घाइते चारै जना कोलियाबाट तेस्रो तलामा गएर हाम फालेका थिए। संगिता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
ड्रमबाट जर्किनमा तेल खन्याउँदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको हो। १२ वटा तेलका ड्रममा ४ वटा जलेका छन्। आगलागी स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि नियन्त्रणमा लिइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.