बैतडीको तल्लोस्वराडमा बालिकाको ज्यान लिने चितुवा मारिने

बैतडीको तल्लोस्वराडमा बालिकाको ज्यान लिने चितुवा मारिने

बैतडी: शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ।

तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा आज बसेको सुरक्षा समितिको आकस्मिक बैठकले नरभक्षी चितुवालाई मार्न प्रहरीे टोली खटाइने समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए। यसका साथै पीडित परिवारलाई राहत वितरण, सचेतनामूलक कार्यक्रमसमेत गरिने उनले बताए। 

चितुवा मार्न तत्काल हतियारसहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए। चितुवा मार्न थप सुरक्षाकर्मी परिचालनका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलसँग पनि सहयोग मागिएको प्रहरी नायव उपरीक्षक राणाले बताए। 

तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २२ सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। विसं २०६८ देखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.