न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

न हेलिकोप्टर आयो न जहाज, रगत बगेर टलकुमारीको ज्यान गयो

खोटाङ : अस्पतालमा गर्भपतन गराउने क्रममा ब्लिडिङ भएर खोटाङ धितुङ ६ की ३५ वर्षिय टलकुमारी राईको मृत्यु भएको छ।

सात सन्तानकी आमा टलकुमारी गर्भ पतनका लागि भदौं १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । गर्भपतनपछि निरन्तर ब्लिडिङ भए पनि उनलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर र जहाज दुवै उपलब्ध नभएपछि आइतबार उनको ज्यान गभएको हो ।

श्रीमान् चन्द्र किराँत तथा आफन्तरुले अस्पतालका चिकित्सकको लापरवाहीका कारण श्रीमतिको ज्यान गएको भन्दै छानबिनका लागि माग गरेका छन् । आइतबार बेलुकासम्म पनि शव बुझेका छैनन् ।

धेरै सन्तान पाल्न सकस हुने भन्दै श्रीमान्ले नै उनलाई अस्प्तालमा ल्याएका थिए । उनको गर्भपतन गराउने काममा चिकित्स सन्तोष शाह संलग्न थिए । गर्भपतनपछि विल्डिङ सुरु भयो र उनको पेट अत्याधिकमात्रमा फुलेको छ । उनको स्वासप्रश्वासमा पनि समस्या रहेको र उनको शरिरमा रगत सकिएकाले ब्लडसमेत समयमा नदिइएको श्रीमान् चन्द्रले बताए। चन्द्रले रुँदै भने, सद्दे श्रीमती अस्पतालमा ल्याए, अहिले शब बोकेर जानुपर्ने अवस्था हो ।

सुरुमा ल्याउँदा डाक्टरहरुले यो सामान्य कुरा हो, केही हुँदैन भन्नुभयो तर जब गर्भपतनपछि ब्लिडिङ सुरु भयो। छिटो काठमाडौं लैजा, हामी सक्दैनौं भन्नुभयो , चन्द्रले भने, गोजीमा पैशा थिएन । त्यही पनि बचाउन सकिन्छ कि भनेर जहाज र हेलिकोप्टरका लागि धेरै प्रयास गर्‍यौं तर न हेलिकोप्टर आयो न जहाज ।

आइतबार बिहान अवस्था थप चिन्ताजनक भएपछि हेलिकोप्टर चार्टरका लागि प्रयास भएको थियो । तर मौसम खराब भएकोले हेलिकोप्टर पुग्न सक्ने अवस्था भएन । खाँनीडाडा एयरपोर्टमा जहाज आउँदैछ भनेर लैजाने क्रममा आइतबार मध्यान्ह उनको बाटोमै मृत्यु भएको हो । अहिले पनि उनको शव अस्प्तालको गाडीमै राखिएको छ ।

टलकुमारीलाई काठमाडौं ल्याउन शनिबार पनि खाँनीडाँडा एयरपोर्टमा लगिएको थियो । तर जहाज नआएपछि उनलाई फेरि अस्प्ताल फर्काइएको थियो । खोटाङ जिल्ला अस्प्तालका प्रमुख रामबहादुर केसीले यो घटनाको बारेमा छानबिन हुने र दोषीलाई कारबाही हुने बताए । उनले भने, अस्पतालबाट कमजोरी वा लाहपरवाही भएको छ भने त्यसमा हामी छानबिन गरेर कारबाही गर्छौ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.