जाजरकोटमा आगलागी एकको मृत्यु, चार गम्भीर घाइते

जाजरकोटमा आगलागी एकको मृत्यु, चार गम्भीर घाइते

जाजरकोटः जाजरकोटको भेरीमालिका नगरपालिका–४ स्थित शान्तिचौतारा बसर्पाकमा एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीमा परी  नायकबाडा-२ कि १९ बर्षीया संगीता खत्री बोहराको ज्यान गएको छ । त्यस्तै आगलागीमा परेर ४ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोल डिलर नजिकैको अर्को कोठामा संगीताका माइतीले होटल सञ्चालन गरेका थिए। डिलरमा लागेको आगो होटेलमा समेत सल्किएपछि उनको ज्यान गएको हो ।

आगोमा परेर उनका बाबु कार्कीगाउँ-७ का मानसिंह खत्री, डिलर संचालन गर्ने रुकुम चौरजहारी ७ का प्रेमबहादुर राना, स्थानीय गोकर्ण चन्द र खलंगामा कार्यरत प्रहरी जवान रमेश शाह गम्भीर घाइते भएका हुन् । घाइते हुने प्रहरी जवानको घर सल्यान डाडागाउँ हो ।

पेट्रोलको गन्ध आएपछि थाहा पाउन घरभित्र छिरेको घाइते प्रहरी जवान शाहले बताए। शाह घरभित्रको छिरको केही समयमै आगो सल्किएपछि घरको तेस्रो तलाबाट हाम फालेर ज्यान जोगाएको शाहको भनाइ छ । घाइते चारै जनाले तेस्रो तलाबाट हाम फालेका थिए । संगिता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले जानकारी दिए ।

ड्रमबाट जर्किनमा तेल खन्याउदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । १२ वटा पेट्रोलिय पदार्थका ड्रममा ४ वटा जलेर नष्ट भएका छन् ।

स्थानीय लोकेन्द्र शाहीको घर भाडा लिएर एउटा कोठामा प्रेमबहादुर राना पेट्रोल डिलर सञ्चालन गरेका थिए भने अर्को कोठामा मानसिंहले होटल खोलेका थिए । बिहान ११ बजे लागेको आगो स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो ।

आगोमा परि दुई वटा मोटरसाइकल र घर जेलको निमित्त प्रहरी प्रमुख बोहराले बताए। आगलागीले ३५ लाखसम्मको सम्पत्ति नष्ट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.