सर्वोच्चको आदेशपछि नयाँ राजदूतका लागि बाटो खुल्यो
![सर्वोच्चको आदेशपछि नयाँ राजदूतका लागि बाटो खुल्यो](https://annapurnapost.prixacdn.net/media/albums/suprme_court_of_nepal-57cc2c67b0e520.76285093_FXJLCoy42K.jpg)
काठमाडौँ: सर्वोच्च अदालतले राजदूत नियुक्ति फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न दिएको आफ्नै आदेश खारेज गरेको छ । यो आदेश खारेज भएसँगै नयाँ राजदूत नियुक्तिको बाटो खुलेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका २१ मध्ये राजनीतिक आधारमा सिफारिस गरिएका १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो ।
सरकारको निर्णयविरुद्ध राजदूतले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय तत्कालका लागि यथास्थितिमा राख्न आदेश भएको थियो ।
सर्वोच्चका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र गोपाल पराजुलीको संयुक्तले इजलासले अन्तरिम आदेश खारेज गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)