गर्भपतन गराउने क्रममा महिलाको मृत्यु

गर्भपतन गराउने क्रममा महिलाको मृत्यु

दिक्तेलः गर्भपतन गराउने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीका कारण खोटाङको धितुङ-६ की टलकुमारी राईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । गर्भपतनसँगै पाठेघर सफा गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले सिकिस्त बिरामी बनेकी ३९ वर्षीया टलकुमारीको आइतबार दिउँसो खानिडाँडा एयरपोर्ट लैजाने क्रममा बाटोमा मृत्यु भएपछि आफन्तले आक्रोसित हुँदै अस्पताल घेराउ गरेपछि तनाव भएको हो ।

मृतकका आफन्त र दिक्तेलका स्थानीयले अस्पतालका चिकित्सकलाई सार्वजनिक गर्न माग गरेपछि अस्पताल तनावग्रस्त भएको हो । अस्पताल परिसरमा बाक्लो प्रहरीको उपस्थितिका कारण कुनै अप्रिय घटना भने भएन । जिल्ला अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद शाहले उपकरण छिराएर पाठेघर सफा गरेलगत्तै पेट फुल्ने, श्वासप्रस्वासमा समस्या देखिने, बान्ता हुने, दिसापिसाब रोकिने, खाना खान नहुने, नाकबाट रगत मिसिएको पानी निस्कनेलगायतका समस्या देखा परेपछि सिकिस्त बनेकी राईको थप उपचारका लागि काठमाडौं लैजान खोज्दा मृत्यु भएको हो । दुई दिनको जहाज पर्खाइपछि उनको मृत्यु भएको हो ।

बर्सेनि ५ छोरी र २ छोरा भएपछि तालकुमारीका श्रीमान् चन्द्र किरातीसँग दुई महिनाको गर्भपतनका लागि तीन बर्से नाबालक छोरा काखमा बोकेर जिल्ला अस्पताल आफैं आइपुगेकी थिइन् । पाठेघर सफा गर्ने क्रममा उपकरणले पाठेघरमा प्वाल पारेका कारण महिलाको मृत्यु भएको उनका श्रीमान् चन्द्र किरातले बताए । जिल्लाकै सबैभन्दा सुरक्षित र सुविधा सम्पन्न मानिने जिल्ला अस्पतालमै गर्भपतनका क्रममा भएको टलकुमारीको मृत्युले तीज मनाइरहेका महिलालाई दुःखी बनाएको छ ।

पाठेघर सफा गरेलगत्तै सिकिस्त बनेपछि उनलाई शुक्रबार साँझ ५ बजे जिल्ला अस्पतालले सिफारिस गरेको थियो । अस्पतालले सिफारिस गरे पनि खराब मौसमका कारण शनिबार खानीडाँडा विमानस्थलबाट काठमाडौं लैजाने प्रयास असफल भएपछि उनलाई फर्काएर जिल्ला अस्पतालमै राखिएको थियो । आइतबार हवाईजहाजबाट काठमाडौं लैजान विमानस्थल लैजाने क्रममै महिलाको बाटैमा मृत्यु भएको हो । आइतबार बिहान उनलाई अस्पतालमा नाजुक अवस्थामा भेटिएको थियो । बाटोमा गाडी फसेकै ठाउँमा महिलाको मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार स्वास्थ्यकर्मीको कमजोरीले पाठेघरमा प्वाल परेका कारण महिलाको मृत्यु भएको हो । तर यसको पुष्टि भने भएको छैन । मृतकको शव अस्पतालको पोस्मार्टम घरमा राखिएको छ । उनको मृत्युबारे आफन्त र जिल्लाबासी अस्तालमा भेलाभएर छलफल भएको छ ।

अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसी, प्रहरी, स्थानीयवासीलगायतको छलफलले सोमबार बिहान प्रशासनमा छलफल गर्ने सहमति जनाएपछि मृतकको शव पोस्मार्टम घरमा पठाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.