विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

खोटाङ: खोटाङको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन्। स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन्।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन्। दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन्। साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन्। अनि आलै बिक्री गर्छन्। उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन्।

बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन्। सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो। पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताए। 'पढे पनि जागीर पाइन्छ भन्ने टुङ्गो छैन,' उनले भने,'त्यही भएर पढाइ छाडियो।' 

कतिपयले घरको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन्। सुजन र ताराले कक्षा–९ पढ्दापढ्दै कक्षा छाडेका हुन्। स्थानीयवासीका अनुसार माछा मार्नका लागि दैनिकजसो १०/१२ जना बालबालिका ओढ्ने, ओछ्याउने, खाना, खाजा बोकेर नदी जाने गरेका छन्।

बर्सेनि यो सङ्ख्या बढ्दो रहेकाले चिन्ताको विषय बनेको स्थानीय सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताए। कट्टेलका अनुसार कक्षा ९ र १० मा पढ्दापढ्दै विद्यालय छाड्ने छात्रको समूह बढी माछामा अलमलिने गरेका छन्। नदीमा उनीहरुले दैनिक पाँच÷६ केजी माछा मार्ने गरेका छन्। मारिएको माछा जलेश्वरी, महेश्वरी, एँसेलुखर्कबाहेक सोलुखुम्बुको पञ्चन लगायतका गाउँमा खपत हुने गरेको छ। यसबाहेक नदी किनार हुँदै ओहोरदोहोर गर्ने बटुवाले समेत किन्ने गरेका छन्।

आफूले मारेको माछा बिक्री गर्दा मासिक रु २०÷२२ हजार हात लाग्ने गरेको उनीहरु बताउँछन्। माछा बिक्री गरेर आएको आम्दानीबाट घरमा नुनतेल, मासु खाने पैसा समेत जुटाउने गरिएको सुजनले बताउनुभयो । दूधकोसीमा पाइने माछा अन्य नदीको भन्दा स्वादिलो रहेको उपभोक्ताले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.