अझै खुलेन बेनी–जोमसोम सडक

अझै खुलेन बेनी–जोमसोम सडक

बेनीः हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खुल्न कम्तिमा एक हप्ता लाग्ने भएको छ। बिहीबार राति बेगखोलास्थित ठाडोखोलामा ११ घर पुरिने गरी आएको बाढीले करिब ७ सय मिटर सडकमा क्षति पुर्याएपछि पाँच दिनयता सिधा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

ठाडोखोलामा आएको भीषण बाढीले कालीगण्डकी नदी केही समय थुनिँदा तिब्ल्याङ खण्डमा पाँच सय मिटर सडकमा पानी जम्नुका साथै सडक भत्काइदिएको छ। बिहीबार राति परेको अविरल वर्षाले वैसरीदेखि बेगखोलासम्म तीन स्थानमा सडक भत्किएको छ।

सडकको मूख्य भागमै ठूल्ठूला रुखहरु आएपछि यात्रुलाई आवतजावत गर्न समेत समस्या भएको छ। मुस्ताङका किसानले स्याउ टिप्ने बेलामा भएको सडक अवरुद्धले ढुवानीमा समस्या देखिएको छ। त्यहाँका किसानहरुले भदौ अन्तिम सातादेखि स्याउ टिपेर यही मार्गको प्रयोग गरेर बजारमा पु¥याउने गरेका छन्। सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरु पनि समस्यामा परेका छन्। नियमित आवतजावत गर्ने यात्रुहरु थप मर्कामा परेका छन्।

तिब्ल्याङ, शिख,घार, नारच्याङ, दाना र भुरुङतातोपानी क्षेत्रमा दैनिक उपभोग्य बस्तुको ढुवानी ठप्प भएको छ। मौसममा केहि सुधार आएपनि तिब्ल्याङ खण्डमा जमेको पानीको सतह नघटेका कारण काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय बाग्लुङका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

तिब्ल्याङ खण्डमा जमेको तालका कारण सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले एक हप्ताभित्र सडक खुलाउन सडक डिभिजन कार्यालय र सम्बद्ध इञ्जिनियरहरुलाई निर्देशन दिएका छन्। बाढीले तार र खम्बामा क्षति पुगेपछि पाँचदिनदेखि म्याग्दीका ८ गाविस र मुस्ताङ जिल्ला अन्धकार बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.