भारतीय ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

भारतीय ट्याङ्करको ठक्करबाट वृद्धको मृत्यु

विराटनगर: मोरङमा भारतीय ट्यांकरको ठक्करबाट एक बृद्धको ज्यान गएको छ।

सोमबार बिहान इटहरीबाट रानीतर्फ जाँदै गरेको को १३ प ५३३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु बी ११ ए ८२८६ नम्बरको ट्याङकरले विराटनगर–८ मा ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी स्कुटरमा सवार विराटनगर–४ का ६६ वर्षीय भोजराज कोइरालाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि न्युरो अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको जानकारी शिवाकोटीले दिए।

ठक्कर दिने ट्याङकरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.