श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड

काठमाडौँः सांसदहरुले सञ्चारकर्मीको सेवा सुविधाका लागि कडाइका साथ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपनेृ सुझाव दिएका छन् ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनको अवस्थाका सम्बन्धमा सोमबार भएको छलफलमा सांसदहरुले ऐन कार्यान्वयनमा अटेर गर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्नुपर्ने माग गरेका छन् ।

अधिकांश सांसदले अरुका अधिकार दिलाउनु आवाज उठाउने महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मी आफैँ अधिकारबाट वञ्चित हुनु दुःखद भएको बताएका थिए ।

बैठकमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीका प्रतिनिधि र सञ्चार उद्यमीसहितको छलफलबाट छिट्टै समस्या समाधान गरिने बताए । राज्यले सबै पक्षको मागको सुनुवाइ गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले भने-‘अब न्यूनतम पारिश्रमिक सञ्चार क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा लागू गर्नुपर्छ ।’

पूर्व प्रधानमन्त्री तथा समिति सदस्य माधव नेपालले मुलुकमा भएका हरेक आन्दोलनमा सञ्चार जगतले गरेको योगदानको राज्यले उच्च मूल्याङ्कन गर्नुपर्ने बताए । पत्रकारले समयमा तलब नपाउनु गम्भीर समस्या भएको उनको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा.महेन्द्र विष्टले सञ्चार गृहले क्षमता नभएरभन्दा पनि नचाहेर पत्रकारलाई समयमा तलब सुविधा नदिएको जीकिर गरे । उनले भने-‘समयमा तलब दिन नसक्नेले किन सञ्चारमाध्यम चलाउनुपर्‍यो ।’

न्यूनतम परिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले सरोकारवाला निकायसँगको लामो छलफलपछि मात्र समितिले पत्रकारको न्यूनतम पारिश्रमिक सिफारिस गरेको बताउँदै यसलाई लागू गर्न सरकारी सुविधासँग जोडेर हेर्नुपर्ने धारणा राखे ।

सरकारले गत साउन १ गतेदेखि श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिक लागू गर्ने घोषणा गरे पनि अझै निजी क्षेत्रमा पूर्णरुपमा लागू हुन सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.