‘संविधान जंगबहादुर र महेन्द्रको शालिकजस्तो होइन’

‘संविधान जंगबहादुर र महेन्द्रको शालिकजस्तो होइन’

काठमाडाैं: नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले संविधान संशोधन र संविधान कार्यान्वयनको एउटा पाटो भएको बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होइन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ।’

विश्वकर्माले सहमति, सम्वाद र सहकार्यबाटै समस्याको समाधान खोजिनुपर्ने बताउँदै मुलुकका वर्तमान समस्याहरुलाई हल गर्न दलहरुवीच सहमति हुनुपर्ने बताए। उनले भने,‘मुलुकलाई निकास दिने कुरामा दलहरुवीच सहमति अनिवार्य आवश्यकत्ता हो, अहिले छलफल जारी छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको लागि एमालेको सहयोग अनिवार्य रहेको बताए।

उनले भने,‘संविधान संशोधनको लागि दुईतिहाई चाहिन्छ, त्यो एमाले, राप्रपा नेपाल, माले लगायतका विपक्षी दलहरुले साथ दिएमात्रै सम्भव छ, उहाँहरुले साथ दिनुभयो भने संशोधन हुन्छ, होईन भने गाह्रो हुन्छ।’

उनले संशोधनको लागि दलहरूवीच राष्ट्रिय सहमति बन्नुपर्ने बताए। उनले भने,‘संशोधन प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन।’

नेता रायमाझीले संविधान निर्माण र जारी गर्दाको जस्तै संशोधन र कार्यान्वयनको लागि दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता औल्याउँदै भने,‘एमालेले पनि यसमा सहयोग गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.