मन्दिर छोएको भन्दै एक आना सुन र २ हजार जरिवाना
![मन्दिर छोएको भन्दै एक आना सुन र २ हजार जरिवाना](https://annapurnapost.prixacdn.net/media/albums/mm-57cd66f40f4c35.50470700_6JGoDnb0e9.jpg)
बझाङः मन्दिर छोएको भन्दै बझाङमा दलित समुदायका एकजनालाई सुनसहित दुई हजार रुपैयाँ जरिवाना गरिएको छ।
रिलु गाविस–८ द्वारीमा लागेको हरेलो मेलामा स्थानीय लालबहादुर आग्रीले मन्दिर छोएपछि उनीसँग एक ग्राम सुनसहित दुई हजार रुपैयाँ जरिवाना भराइएको हो।
आग्री भक्तजनहरुका लागि प्रशाद पकाउँदै गरेको ठाउँ र कालिका देवीको मन्दिरमा प्रवेश गरेका थिए। दलितले मन्दिर छुन हुँदैन भन्ने ‘परम्परागत मान्यता रहेकाले आग्रीले प्रशाद बनाउने स्थान र मन्दिरभित्र प्रवेश गरेपछि जरिवाना भराइएको स्थानीय लालबहादुर बोहराले बताए।
दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए राम्रो नहुने प्रचलन भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवतालाई दण्ड तिरेको बोहराको भनाइ छ। भाद्र १९ गतेदेखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)