अरिंगालले चिल्दा बालकको मृत्यु
दमौलीः घाँस काट्न जाने क्रममा अरिंगालले चिल्दा तनहुँको व्यास–३ रानीगाउँमा एक बालकको मृत्यु भएको छ। आमा र भाइ घाइते भएका छन्।
दिउँसो घाँस काट्न नजिकैको जंगल गएका बेला अरिंगालले चिलेर ९ वर्षीय स्रसन मिश्रको मृत्यु भएको हो। अरिंगालले चिल्दा गम्भीर घाइते भएका सुनिता मिश्रका जेठा छोरा प्रसनको उपचारका लागि पोखरा लैजाँदै गर्दा बोटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएकी सुनिताको पोखारास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ। सुनिताका कान्छा छोरा ६ वर्षीय प्रलोचन मिश्रको भने दमौली अस्पतालमा उपचार भैरहेको छ।