चन्द्रमामा पाइला टेक्ने वैज्ञानिकले गरे लुम्बिनीको अबलोकन

चन्द्रमामा पाइला टेक्ने वैज्ञानिकले गरे लुम्बिनीको अबलोकन

भैरहवा: चन्द्रमामा पहिलो पाइला टेकेका जीवित अन्तरिक्षयात्री एवं नासाका चारजना वैज्ञानिकहरुले सोमवार संयुक्त रुपमा विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गरेका छन्।

चन्द्रमामा मानवको पहिलो पाइला टेक्ने जीवित अन्तरिक्ष यात्री ८७ वर्षीय बज अल्ड्रिनको नेतृत्वको ६ जनाको टोलीले लुम्विनीको स्थलगत अवलोकन गरेको कोषका प्रशासन एवं लेखा प्रमुख भिम वस्नेतले जानकारी दिए। 

काठमाडाैंबाट बिहान बुद्ध एयर ८५१ नम्बरको उडानबाट गौतमबुद्ध विमानस्थल भैरहवा आएका वैज्ञानिकहरु सुटुक्क लुम्बिनी पुगेका छन्। मंगल ग्रहमा बस्ती बसाउने योजनाका अध्यक्षसमेत रहेका अल्ड्रिनका छोरा डा. एन्ड्रयु अल्डिभ, नासाका अध्यक्ष एलिजावेथ लेवल्याङ र वरिष्ठ वैज्ञानिक जोसेफ लेवल्याङले संयुक्त रुपमा लुम्विनी अवलोकन गरे। 

कोषका पूर्व वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले निजी भ्रमणमा आएका वैज्ञानिकहरुलाई बुद्धको जीवनी र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्विनीको विकासक्रमबारे जानकारी दिएका छन्। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु, रुपन्देहीका सुरक्षा अधिकारी तथा लुम्विनी विकास कोषका पदाधिकारी कसैलाई पनि चन्द्रामा पुगेका व्यक्तिहरु भैरहवा लुम्विनी आएको पतै पाएनन्।

अल्ड्रिनको टोलीले सोमवार नेपाल लुम्विनी भ्रमणपछि मंगलबार सुनसरीको अमाहीबेन्हा सीतागन्जस्थित एभरेष्ट साइन्स सेन्टरको अवलोकन गर्ने कार्यक्रम छ। अल्ड्रिन नेतृत्वको ६ सदस्यीय टोली पाँच दिन नेपालमा रहनेछ। अल्ड्रिनले बुधबार र बिहीबार काठमाडौंको प्रज्ञा भवनमा हुने अन्तक्रियामा आफ्ना अनुभव राख्नेछन्। सन् १९६९ मा अपोलो११ अन्तरिक्ष यानमार्फत अमेरिकी नागरिक निल आर्मस्टङको नेतृत्वमा नासाको टोली चन्द्रमामा पुगेको थियो।  सच्याइएकाे


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.