'नेपालको समृद्धि र स्थायित्वमा अमेरिकाको सधै साथ'
काठमाडौं : दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालले दुईदिने नेपाल भ्रमण सम्पन्न गरेकी छिन्।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार दुई दिने भ्रमणमा राजनीतिक, ब्यवसायी र नागरिक समाजका नेताहरुसँगको भेटमा विश्वालले आगामी चुनावदेखि संक्रमणकालीन न्यायसम्मका बिषयमा छलफल गरेकी थिइन्।
प्रधानमन्त्री र अन्य सरकारका अधिकारीसँगको भेटमा सहायक विदेशमन्त्री विश्वालले नेपाल तथा संयुक्त राज्य अमेरिकाबीच रहेको सहकार्यको निरन्तरतामा जोड दिएकी थिइन्। उनले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।
कम्पपछिको पुनर्निर्माणमा भईरहेको प्रगत को अवलोकन गर्नुका साथै, आर्थिक अवसर तथा अमेरिकाले सहयोग गर्नसक्ने अन्य क्षेत्रका बारेमा पनि छलफल भएको दूतावासले जनाएकव छ।
"नेपालमा लोकतान्त्रिक पद्धतीको स्थापनाद्वारा समवेशी संरचना, ब्यवसाय उपयुक्त बातावरणको निर्माण गर्दै विकास र पुनर्निर्माण मा केन्द्रित हुन अमेरिकी सरकार नेपाली जनता तथा नेपाल सरकारसँग नजिकबाट सहकार्यलाई निरन्तरता दिने छ," विश्वालले भनिन्।
संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्र, समृद्धि र स्थायित्वको लागि सदैव सहयोग जारी राखेको उनले बताएकीछिन्।