कांग्रेस सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडाैं: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकाका राजदूत अलाइन टेप्लिजबीच भेटवार्ता भएको छ।

बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा सोमबार करिब ५० मिनेट भएको भेटमा उनीहरुबीच संविधान कार्यान्वयन, दुर्इ पक्षीय सम्बन्ध, अापसी सहयोग लगायत समसामियक विषयमा कुराकानी भएको थियो। भेटमा देउवाले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भएको बताएका थिए।

देउवाले संविधानमा केही राजनीतिक दलको असन्तुष्टि रहेकोले सबै राजनीतिक दलहरुसँग सहकार्य र सहमतिका आधारमा सबैको अपनत्व महसुस हुने गरी संविधानको कार्यान्वयन गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने र संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउन आफू प्रतिवद्ध रहेको बताएका थिए।

देउवाले संविधानको कार्यान्वयन, मुलुकको भावी कार्ययोजना लगायत आर्थिक मुद्दाका विषयमा प्रतिपक्षी राजनीतिक दलको पनि महत्वपूर्ण भूमिका रहने भएको हुँदा सत्तारुढ तथा प्रतिपक्षी दलहरुसँग सहमति गराउन आफू प्रयत्नशील रहने बताएका थिए।

भेटमा अमेरिकी राजदूत टेप्लिजले देशको सबैभन्दा ठूलो राजनीतिक दलको सभापति भएका नाताले संविधानको कार्यान्वयन, अन्य राजनीतिक दलसँगको सहमति, आर्थिक विकासका विषयमा महत्वपूर्ण एवं नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरेकी थिइन्।

राजदूत टेप्लिजले संविधानको उचित कार्यान्वयन तथा नेपालको आर्थिक उन्नति, प्रगति एवं समृद्धिका लागि अमेरिका सबैखाले सहयोग उपलब्ध गराउन तत्पर रहेको बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.