पोखराको फेवाताल सरसफाइमा एसबीआई बैंक

पोखराको फेवाताल सरसफाइमा एसबीआई बैंक

काठमाडौंः नेपाल एसबीआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच विश्वप्रसिद्ध पर्यटन गन्तव्य फेवातालको सौन्दर्यीकरण तथा सरसफाइ गर्नेसम्बन्धी समझदारी भएको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट नायब कार्यकारी अधिकृत एवं प्रमुख सञ्चालन अधिकृत विजयकुमार त्यागी र पोखरा उपमहानगरपालिकाका तर्फबाट निवर्तमान प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले फेवाताल किनारमा हाल निर्माण भएको पदयात्रा मार्गमध्ये एक सयदेखि दुइ सय मिटर क्षेत्र वरिपरि अधिकतम १५ वटा वि श्राम स्थल निर्माण गर्ने, बगैंचा तयार पार्ने र हरियाली बनाउने काम गर्नेछ ।

सोही समझदारीअन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिङ टर्मिनल कक्षसमेत निर्माण गर्नेछ ।

हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यीकरण गर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत उक्त क्रियाकलाप गर्न लागेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.