चार घन्टाको यात्रा पाँच मिनेटमा!

चार घन्टाको यात्रा पाँच मिनेटमा!

बेनी:  म्याग्दी बेग–६ स्थित बेगगाउँमा बाढीले बस्तीसँगै गाविसकै ९ वडा जोड्ने पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि घुमाउरो बाटोको प्रयोग गरी गन्तव्यमा पुग्ने गरेका यात्रुलाई सोमबारदेखि सहज भएको छ।

ठाडोखोलाले बस्तीसहित कालीगण्डकी नदीको बहावलाई समेत रोकेपछि अलपत्र परेका यात्रुलाई सोमबार नेपाली सेना, प्रहरीसहित युवाको प्रयासमा अस्थायी साँघु बनाइएको छ। गत बिहीबार बस्ती पुर्ने गरी आएको बाढीका कारण उत्तरी म्याग्दी र मुस्ताङबाट आवतजावत गर्ने सर्वसाधारणले पोखरेबगर, हिस्तानको दोसल्ले, पहिरो र औल गाउँ हुँदै भगवती गाविसको बैँसरीसम्म चार घन्टा लगाएर कठिन यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो।

बाढीले बेनी–जोमसोम सडकसमेत अवरुद्ध बनाएपछि बेगको तिप्लाङ, दोवा, घार, शिख, भुरुङ तातोपानी, दाना गाविससहित मुस्ताङबाट आवतजावत गर्ने स्थानीय, पर्यटक, कर्मचारी समस्यामा परेका थिए। पशुचौपायासमेत आवतजावत गर्ने मार्गको प्रयोग बालबालिका, बिरामी र विदेशी पर्यटक दैनिक डेढ सयको हाराहारीमा प्रयोग गर्ने गरेका थिए। साँघु बनेपछि आवतजावत सहज भएको छ।

सडकखण्डअन्तर्गत समेत ठाउँठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा यात्रा कष्टकर बनेको छ। सडक विभागले सडकमा खोलेको नयाँ ट्र्याकमा समेत पहिरो खसेपछि सर्वसाधारणले पहिरो र ढल्न लागेको अवस्थामा रहेका रूखको बीचबाट यात्रा गरिरहेका छन्। सडक अवरुद्ध भएपछि बाढी प्रभावितलाई राहत सामग्री पुर्याउनसमेत निकै समस्या भइरहेको छ। सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुसहित कृषि सामग्री ढुवानीमा समस्या भइरहेको छ।

यसैबीच, बाढी प्रभावितलाई व्यक्तिगत तथा संस्थागत रुपमा राहत सामग्री सहयोग भइरहेको छ । अस्थायी टहरा हालेर बसेको स्थानमै पुगेर प्रहरीसँग समन्वय गरी सामग्री वितरण भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.