विराटनगरमा एक होस्टेल सञ्चालकको विभत्स हत्या

विराटनगरमा एक होस्टेल सञ्चालकको विभत्स हत्या

विराटनगर: मोरङको विराटनगरमा एकजना होस्टेल सञ्चालकको हत्या भएको छ। विराटनगरको अक्सफोर्ड गल्र्स होस्टेलका सञ्चालक २१ वर्षीय विनोद यादवको विभत्स हत्या भएको प्रहरीले जनाएको छ।

विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फ्यालेको अवस्थामा मंगलबार बिहानै यादवको शव फेला परेको हो। घरधनी श्रेष्ठ धनकुटामा रहेका बेला घटना भएको हो। प्रहरीका अनुसार सुनसरी औरावनी घर भएका यादव श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएका आफ्ना साथीहरुको कोठामा गएराति गएका थिए।

प्रहरीले हत्या गरेर बोरामा हालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। हत्या गरिएका युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको हो। हत्या गरेर हत्यामा संलग्नले बोरामा हालेर शव फ्याल्नका लागि गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए। प्रहरीले गाडी नम्बर र चालकको नाम गोप्य राखेको छ।

प्रहरी पुगेपछि गाडी बोलाउने ती युवाहरु फरार भएका थिए। आपसी झगडापछि रिसीईवी साँधेर आफ्नै साथीहरुले यादवको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ। हत्यामा संलग्नहरुको खोजी भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

हत्यामा संलग्न फरार रहेका कारण उनीहरुको खोजीका लागि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

घटनाका बारे थप बुझ्नका लागि पटक पटक गरिएको फोन मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी र डीएसपी योगेन्द्रसिंह थापाले उठाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.