तरुण दल काठमाडौंको अध्यक्षमा खड्का र सचिवमा शाह निर्वाचित
काठमाडौंः तरुण दल काठमाडौंको अध्यक्षमा कृष्णजी खड्का निर्वाचित भएका छन्। चौथौं महाधिवेशनबाट खड्का नेतृत्वको प्यानलनै निर्वाचित भएको छ।
खड्काले अध्यक्षका अर्का प्रत्याशी रमेश महर्जनलाई भारी मत अन्तरले पराजित गरे। अध्यक्षमा निर्वाचित खड्काले ४१० मत ल्याउँदा उनका प्रत्याशी महर्जनले जम्मा ७१ भोटमात्रै प्राप्त गरे।
यस्तै उपाध्यक्षमा खड्का प्यानलकै राजदत्त महर्जन र सचिवमा दिनेश विक्रम शाह निर्वाचित भएका छन्। कोषाध्यक्षमा अमृत मानन्धर निर्वाचित भएका छन्। सचिवमा विजयी शाहले ३८८ मत प्राप्त गरे भने प्रत्याशी रुकेश श्रेष्ठले १४६ मत पाए। कोषाध्यक्षमा निर्वाचित मानन्धरले ४०० मत पाउँदा प्रतिद्वन्द्वी शंकर तिमिल्सिनाले ११८ मत प्राप्त गरे।
महाधिवेशनले कांग्रेस नेता प्रकाशमान सिंहका पुत्र प्रभासमान सिंहलाई निर्विरोध केन्द्रीय प्रतिनिधिमा चयन गरेको थियो। यस्तै प्रतिनिधि प्रभासमान सिंह निर्विरोध केन्द्रीय रमिला महत गड्तौला, शारदा श्रेष्ठ, मनदेवी श्रेष्ठ, उमेश गुरुङ र भूमिका श्रेष्ठ पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
४० सदस्यीय कार्यसमितिमा निर्वाचित पदाधिकारीसहित प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जना सदस्य निर्वाचित यसअघि नै भइसकेका छन्। अध्यक्षले २६ जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ।