सुकुम्बासीको तीन सय बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल

सुकुम्बासीको तीन सय बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल

कैलाली: स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा उठान नगर्न सहमति भएको छ।

विसं १९९३ मा राजा त्रिभुवनले दिएको लालमोहरको कागज पेस गर्दै फूलबारीका ४५० परिवारको उठिबास बनाउने चलखेल हुँदै आएको थियो। तत्कालीन समयमा दरबारका पुरोहित जनकराज पाण्डेका नाति प्रद्युम्ननारायणले विभिन्न व्यक्तिलाई परिचालन गरी जग्गा कब्जा गर्ने चलखेल गरिरहेको थाहा पाएपछि स्थानीयवासी न्यायका लागि विभिन्न निकायमा धाएका थिए।

छलफलमा आफूहरुलाई विभिन्न प्रलोभन तथा धाकधम्की दिएर हस्ताक्षर गर्न लगाएको स्थानीयवासी महिला अशोकीदेवी चौधरीले बताए। यो मुद्दालाई अब तामेलीमा राखेर निर्णय गर्दै कारबाही हुन नसक्ने गरी कागज बनाइदिने मालपोत अधिकृत बिसनसिंह थापाले बताए।

स्थानीय बासिन्दा र सरोकार भएकाहरुको छलफलपछि अब जग्गाका विषयमा कुनै प्रक्रिया अगाडि नबढाउन र त्यो जग्गा हाल पुर्जा भएकाहरुकै हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.