न रह्यो घर, न रहे घरमूली ! परिवार बिचल्लीमा

न रह्यो घर, न रहे घरमूली ! परिवार बिचल्लीमा

म्याग्दीः म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् ।

मध्यरातमा आएको बाढीको बारेमा स्थानीयवासीलाई सूचना दिएर परिवारलाई भगाएका पूर्णप्रसाद आफै घरभित्रका कागजात लिन जाने क्रममा बाढीले घर नै बगाएर बेपत्ता बनाएपछि बिचल्लीमा परेका बाँकी परिवार शोकमा डुबेका हुन् ।

'हामीलाई भगाएर बचाएँ तर आफैँ बाँच्न सकेनन्, केही दिन बाढीले बगाएको बगरमा खोजी ग¥र्यौं, तर उहाँको केही पत्तो लागेन, टमायाँले भनिन् ।” पूर्णप्रसादलाई बाढीले बगाएको दुई दिनपछि उनका छोरा र श्रीमती बाढीले बगाएको बस्ती नजिकै चिलाउनेखर्कमा बस्तुभाउ राख्दै आएको छाप्रोमा किरिया बसेका छन् ।

‘घर पनि बगायो, घरमूली पनि रहनुभएन, हामी उहाँकै भरमा पालिएका थियौँ, अब कसरी छोराछोरी पाल्ने?’ टमायाँले गहभरी आँसु निकाल्दै भनिन्, ‘अन्यत्र कहीँ घर र राम्रो जग्गा जमिन नभएपछि गोठमा आएर उहाँको किरिया गर्न लागेका छौ।’

बुबाको किरिया बसेका २० वर्षीय डिलु अहिले अरुसँग केही बोल्नै नसक्ने भएका छन् । रातदिन उनी भीषण बाढीले घर र बुबालाई बगाएको सम्झँदै भक्कानिएर रुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीसँगै दुई बहिनीले पहिले नै पढाइ छाडेका थिए ।

अहिले कान्छी छोरीले ५ कक्षामा पढ्दै छिन् । आर्थिक अवस्थाले थेग्न नसकेपछि उनलाई पनि विद्यालय पठाउने कि नपाउने सिञ्जालीको परिवार अन्योलमा छ । ‘मेरो पनि स्वास्थ्य कमजोर छ, अर्काकोमा काम गर्न सक्दिनँ, श्रीमानले नै मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, अब के गर्ने केही सोच्नै सकेको छैन, टमयाँले थपिन् ।’

‘न घर न घरमूली  सिञ्जाली परिवारको आर्थिक स्रोत पनि केही छैन, उनीहरुले अरुको काम गरेरै जीविका चलाएका थिए, अब बसोबासको व्यवस्था गर्न निकै समस्या भएको छ ।’ नेपाल रेडक्रस सोसाइटी बेग उपशाखाका पूर्ण परियारले भने ।

बेगखोलामा आएको भीषण बाढीले त्यहाँका ११ घरसहित पूरै बस्ती बगाउनुका साथै गाविसका विभिन्न स्थानका थप चार घरमा पूर्ण क्षति पुर्याएको थियो। बेगखोलाको बाढीले घरबार विहीन बनेसँगै त्यहाँका बाढीपीडितलाई विभिन्न निकायबाट राहत जुटाउन सुरु गरिए पनि उनीहरुको स्थायी बसोबासको व्यवस्था भने हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.