क्रिकेटर सन्दिप लामिछाने माइकल क्लार्कको क्लबबाट खेल्ने पक्का

क्रिकेटर सन्दिप लामिछाने माइकल क्लार्कको क्लबबाट खेल्ने पक्का

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको क्लबबाट क्रिकेट खेल्ने पक्का भएको छ।

१६ वर्षीय लेग स्पिनर लामिछानेलाई क्लार्कले आफ्नो प्रिमियर ग्रेड क्रिकेट क्लब, वेष्टर्न सवर्सबाट क्रिकेट खेल्नका लागि  अाैपचारिकरुपमै आमन्त्रण गरेका छन्।

लामिछानेले क्लार्कको क्लबबाट २०१६/१७ को क्रिकेट लिग खेल्नेछन्। अष्ट्रेलियाका पूर्वकप्तान क्लार्क सन् २०१६ मे मा हङकङमा भएको क्रिकेट प्रतियोगितामा लामिछानेले गरेको प्रदर्शनबाट प्रभावित भएका थिए। लामिछानेको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले हङकङमै उनलाई भेटेर अष्ट्रेलिया आउन भनेका थिए।

वेष्टर्न सवर्स क्लवले जारी गरेको विज्ञप्तिमा नेपाली क्रिकेटर लामिछाने राम्रो सम्भावना बोकेका खेलाडी भएको र यो अबसरले उनको खेलको स्तर अझै माथि पुर्याउने उल्लेख छ।

वेष्टर्न सवर्स क्लबबाट क्रिकेटर लामिछानेले आफ्नो पहिलो खेल आगामी सेप्टेम्बर २४ मा एलन बोडर ओभलमा मोसम्यान क्लबविरुद्धको खेल खेल्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.