भारतले नेपाली अदुवा रोकेपछि करोडौं घाटा

भारतले नेपाली अदुवा रोकेपछि करोडौं घाटा

पाँचथर : एक हप्ता अघिदेखि भारत निकासी बन्द भएको नेपाली अदुवा गोदाम मै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् ।

यति बेला माउ अदुवा बिक्री गर्ने मुख्य समय हो । तर, किसानले माउ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुमका अदुवा किसान र व्यापारी समस्यामा परेका हुन् ।

नेपाल हुँदै भारत गएको चिनियाँ अदुवामा हानिकारक विषादीको मात्रा र सङ्क्रमण भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यातमा समेत रोक लगाएको व्यापारीले बताए ।
“कृषकसँग अदुवा लिएको एक महिना बित्न लागिसक्यो, अदुवा कुहिएर खेर जान लाग्यो, अदुवा भारत निर्यात नहुँदा अन्यन्तै समस्यामा परेका छौं” – अदुवा निर्यातका लागि सहज गरिदिन सम्बन्धित निकायसँग आग्रह गर्दै व्यापारी चन्द्र बस्नेतले भने।

अदुवा निकासी बन्द भएपछि किसान र व्यापारीको करोडौं रुपैयाँ डुब्ने भएको छ । यहाँको अदुवा भारतीय बजार नक्सलबारी, बैङ्गलोर र सिलिगुडीको बजारमा बढी बिक्री हुने गर्दछ ।
कृषि विकास कार्यालयका अनुसार पाँचथर, ताप्लेजुङ, इलाम र झापामा मात्रै तीन हजार ७७० हेक्टरभन्दा बढी जमिनमा अदुवाखेती हुने गरेको छ ।

यहाँको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन छ । नेपालमा उत्पादन हुने कुल अदुवामा ३१ प्रतिशत पूर्वी जिल्लाहरुको योगदान रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.