अदुवा निकासीमा भारतले लगाएको प्रतिबन्धप्रति राप्रपा नेपालको आपत्ति
काठमाडौंः राप्रपा नेपालले नेपाली अदुवा निकासीमा भारतले लगाएको प्रतिबन्धप्रति आपत्ति जनाएको छ।
राप्रपा नेपालका मूख्य सचिव विशेश्वर शर्मा सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा अदुवा निकासीमा छिमेकी राष्ट्र भारतले लगाएको प्रतिबन्धप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ।
चाडवाडको मुखमा आएर लगाइएको प्रतिबन्धले नेपाली किसानलाई गम्भीर चोट पुगेको विज्ञप्तिमा उल्लेख छ। राप्रपा नेपालले अदुवा निकासीमा लगाइएको प्रतिबन्धप्रति नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ।