तरुण दल अधिवेशन सर्‍यो

तरुण दल अधिवेशन सर्‍यो

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दल र महिला संघको उम्मेदवार चयनलगायतका विषयमा समन्वय गर्न वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई जिम्मा दिएका छन् ।

मंगलबार देउवाले दुई दर्जन केन्द्रीय सदस्यको बैठक डाकेर तरुण दल र महिला संघको अधिवेशनमा पार्टीको तर्फबाट गर्नुपर्ने सबै समन्वय श्रेष्ठ मार्फत गर्न निर्देशन पनि गरेका छन् । श्रेष्ठले जिम्मेवारी पाए लगत्तै दुवै भातृ संस्थाको उम्मेदवार चयन, महाधिवेशन सफल बनाउने भूमिकालगायतको काम गर्नेछन् । देउवाले आफू पक्षीय नेताहरू खुमबहादुर खड्का, विमलेन्द्र निधि, बालकृष्ण खाँड, एनपी साउद्लगायतलाई बोलाएर श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन् ।

तयारी समितिमा रहेका चुनाव लड्न नपाउने

कांग्रेसका दुई भातृ संस्था तरुण दल र महिला संघमा महाधिवेशन तयारी समितिमा रहेका कुनै पनि व्यक्ति आगामी अधिवेशनमा उम्मेदबार हुन नपाउने भएका छन् ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको अनौपचारिक बैठकले यसअघिनै उम्मेदवार हुन नपाउने निर्णयलाई परिमार्जन नगर्ने निर्णय गरेको हो । सभापति देउवाले जो सुकै उम्मेदवार बन्न पाउने गरी खोल्ने मनस्थिति बनाएपछि नेता रामचन्द्र पौडेल पक्षले नमाने पछि नेविसंघमा जस्तै महिला र तरुण दलमा पनि वर्तमान कार्यसमितिमा रहेका उम्मेदवार हुन नपाउने भएका हुन् ।

पौडेलले भर्खरै सम्पन्न नेविसंघको अधिवेशनमा तयारी समितिमा रहेकालाई उम्मेदवार हुन नदिएकाले तरुण दल र महिला संघमा पनि सोही प्रावधान कार्यन्वयन गर्ने धारणा राखेका थिए । त्यसपछि तयारी समितिका महाधिवेशनमा उम्मेदवार बन्न नपाउने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.