अपहरण अभियोगमा इन्स्पेक्टर पक्राउ

अपहरण अभियोगमा इन्स्पेक्टर पक्राउ

काठमाडौंः प्रहरीले पूर्वमन्त्री श्यामसुन्दर गुप्ता प्रकरणमा भैंसेपाटी प्रभागका प्रहरी निरीक्षक अनिल पण्डित र पत्नी हत्या अभियोगमा जेलमा रहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पक्राउ गरेको छ । रेग्मीबाट रकम उठाउन गुप्तालाई सहयोग गरेको भन्दै प्रहरीले पण्डितलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

पण्डित २०६० सालमा असईमा भर्ना भएका थिए । एक वर्ष सुडान शान्ति मिसनमा काम गरी फर्किएका पण्डित झण्डै ६ महिनाअघि मात्रै खुला प्रतियोगिताबाट प्रहरी निरीक्षक भएका थिए ।

सातदोबाटो वृत्तमा दरबन्दी भएका पण्डित केही समय त्यहाँ काम गरेर भैंसेपाटी प्रभागको इन्चार्ज भएका थिए । डिल्लीबजार कारागारमा चिनजान भएका गुप्ता र पण्डितको सम्बन्ध पछिल्लो समयमा बाक्लिएको थियो ।

त्यही चिनजानको आधारमा गुप्ताले रकम असुली गर्न पण्डितलाई प्रयोग गरेका हुन् । गुप्ताले रेग्मीबाट रकम लिएपछि आकर्षक रकम पण्डितलाई दिने सहमति भएको स्रोतले बताएको छ । पैसा पाउने लोभले पण्डितले गुप्ताको सहयोगी बनी रेग्मीलाई धम्क्याउने गरेका थिए ।

गुप्तासँग पण्डितको डिल्लीबजार कारागारमा चिनजान भएको थियो । गुप्ताले डिल्लीबजार कारागारमा रहँदा पण्डितलाई आर्थिक सहयोग गर्ने गरेका थिए । गुप्ता र पण्डितले मुद्दा मिलाइदिने भन्दै रेग्मीलाई विश्वासमा पारेका थिए ।

उनीहरूले ५० लाख दिनुपर्ने भने पनि रेग्मी त्यति धेरै रकम दिन नसक्ने बताएपछि पण्डित र गुप्ताले रेग्मीलाई धम्क्याउन थालेको स्रोतले बताएको छ ।

रेग्मीको मुद्दाका बारेमा दुवैजना जानकार थिए । प्रहरीलाई खबर गरे तिमी पनि फस्ने भन्दै गुप्ताले तत्काल पैसा दिए मुद्दा छिटै मिलाउने भन्दै रेग्मीलाई धम्क्याउने गरेको प्रहरी स्रोतले बताएको छ ।

गुप्ताले १० लाखदेखि बार्गेनिङ गरे पनि रकम बढाउँदै ५० लाख पुर्‍याएका थिए । रेग्मीले त्यतिका रकम आफूले दिन नसक्ने बताएपछि गुप्ताले उनलाई धम्क्याउन थालेका थिए । आफूले मात्र रेग्मीबाट पैसा असुल्न नसकेपछि गुप्ताले प्रहरी निरीक्षक पण्डितको सहयोग लिएका थिए ।

ललितपुर प्रहरी प्रमुख (एसएसपी) पीताम्बर अधिकारीले गुप्ता प्रकरणमा प्रहरी निरीक्षकको संलग्नता देखिएकाले उनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको बताए । प्रहरीको खोजी सूचीमा रहेकी रेग्मी लुकिछिपी म्यानपावर व्यवसायको काम गर्दै आएकी थिइन् ।

गुप्ताले १० लाखदेखि बार्गेनिङ गरे पनि रकम बढाउँदै ५० लाख पुर्‍याएका थिए । रेग्मीले त्यतिका रकम आफूले दिन नसक्ने बताएपछि गुप्ताले उनलाई धम्क्याउन थालेका थिए । 

कोइराला पत्नी गीता ढकालको हत्या प्रकरणमा सहयोगी भूमिका खेलेको भन्दै अदालतले दिएको सजायमध्ये रेग्मीको ११ महिना १० दिनको जेल सजाय बाँकी छ । रेग्मी सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाकी प्रेमिका हुन् । गुप्ता कोइरालासँगै झण्डै तीन वर्ष जेल बसेका थिए । त्यही बेला कोइरालालाई भेट्न जाने क्रममा रेग्मीको चिनजान गुप्तासँग भएको थियो ।

जेलमा रहँदा कोइरालासँग गुप्ताको निकट सम्बन्ध थियो । जेलबाट छुटेपछि रेग्मी र गुप्ताको सम्बन्ध मुद्दा मिलाइदिने लोभमा झन् बलियो हँदै गयो । जेल सजाय मिनाहा गरिदिने र मुद्दा मिलाइदिने व्यक्ति खोजिरहेका बेला त्यसको जिम्मा गुप्ताले लिएपछि रेग्मी र गुप्ताको सम्बन्ध बाक्लिएको प्रहरीले बताएको छ ।

गुप्ताले पैसा खर्च गर्ने भए मुद्दाको कुनै चिन्ता लिनु नपर्ने रेग्मीलाई भनेका थिए । रेग्मीले समेत मुद्दा मिलाइदिए केही रकम दिन आफू तयार रहेको गुप्तालाई भनेकी थिइन् । पैसा मात्र माग्न तर मुद्दा जस्ताको तस्तै हुने भएपछि गुप्ता र रेग्मीको विवाद सतहमा आएको हो ।

गुप्ताले आफूलाई धम्क्याई रकम असुली गर्न लागेको थाहा पाएपछि रेग्मीले ललितपुर प्रहरीमा गुप्ताविरुद्ध उजुरी दिएकी थिइन् । रेग्मीकै उजुरीका आधारमा प्रहरीले गुप्तालाई सोमबार ललितपुरको ताल्छीखेलबाट पक्राउ गरेको हो ।

गुप्ताविरुद्ध उजुरी दिने रेग्मीलाई समेत प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बुझाएको थियो । अदालतले मंगलबार नै उनलाई जेल चलान गरेको छ । गुप्ताले दिनहुँजसो रेग्मीलाई सयौं कल टेलिफोन गरेर धम्की दिने गरेको प्रहरीले बताएको छ ।

व्यापारी पवन संघाईलाई अपहरण गरेको अभियोगमा साढे तीन वर्ष जेल जीवन बिताएका गुप्ता एक वर्षअघि मात्र जेल मुक्त भएका थिए । गुप्ताले संघाईलाई अपहरण गरी २० दिन काभ्रेको सूर्यखर्कको एक घरमा लुकाएर रकमको बार्गेनिङ गरेका थिए । संघाईबाट त्यस क्रममा ८५ लाख रुपैयाँ असुलेको गुप्तामाथि आरोप लागेको थियो ।

गुप्ताका सहयोगी हेटौडाका विकास लामा भन्ने जितबहादुर गोले र काभ्रेका आकाश लामाले २०६८ पुस १४ मा कमलादी गणेशस्थान दर्शन गर्न गएका बेला बिहान साढे ५ बजे संघाईको अपहरण गरेका थिए । संघाई अपहरणको प्रमुख योजनाकार ठहरिएका गुप्ताले जेल बस्दा समेत भाग्ने प्रयत्न गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.