सिँचाइमन्त्री जिल्ला आउँदा गाडीको लस्कर 

सिँचाइमन्त्री जिल्ला आउँदा गाडीको लस्कर 

घोराहीः अघि अघि जनपथ प्रहरी अनि ट्राफिक त्यसपछि सिचाईं मन्त्री दीपक गिरी चढेको झन्डा फहराएको गाडी । त्यसपछि सशस्त्र प्रहरीको गाडी अनि त्यसपछि नेता कार्यकर्ता र सरकारी कार्यालयका गाडीको लस्कर ।

पहिलो पटक मन्त्री बनेका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दाङ छिर्दा मंगलबार देखिएको तामझाम यस्तै थियो । उनको स्वागत, सत्कारका लागि नेता कार्यकर्ता, सरकारी कार्यालय तथा सुरक्षा निकायका गरी करिब ३५ वटा जीपहरु उनी चढेको गाडी अघिपछि थिए । त्यसपछि उनका कार्यकर्ता चढेका मोटरसाइकलहरु पनि उत्तिकै थिए । तीमध्ये धरैजसो गाडीहरु उनकै कार्यकर्ता आफैं चढ्नका लागि प्रयोग गरेका निजी सवारी थिए ।

पश्चिम दाङको श्रीगाउँ गाविसका दीपक गिरी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट सिंचाई मन्त्रालयको जिम्मेवारीमा मन्त्री बनेका हुन् । सथप ग्रहण तथा मन्त्रालयस्तरीय बैठक तथा कार्यक्रमहरु सकेर उनी मंगलबार गृहजिल्ला दाङ आएका हुन् । गाउँमा पुर्खयौली घर छ तर, उनी आफ्नै निजी निवास तुलसीपुरमा बस्दै आएका छन् ।

दाङको क्षेत्र नं. ५बाट निर्वाचित भएर सांसद भएका गिरी नेपाली कांग्रेसको राजनीतिक सुरुवातदेखि नै कोइराला परिवारको निकट भएका थिए । विद्यार्थीकालमा सशांक कोइरालासँग निकै नजिकको मित्रता गाँसेका गिरी केही समय कोइराला परिवारसँग सँगै बसेर पढाई सकेका हुन् । त्यही पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा अघि बढेका गिरी नेपाल विद्यार्थी संघको महामन्त्रीसमेत भएका थिए । कांग्रेसभित्र उनी गनिएका युवा नेताहरुमध्यका मानिन्छन् ।

राजनीतिक जीवनमा उनी पहिलोपटक मन्त्री भएका छन् । त्यसपछि पहिलोपटक उनी मंगलबार गृहजिल्ला दाङ आए । उनलाई विभिन्न संघसंस्थाहरु सरकारी कार्यालयहरुलगायतले स्वागत र सम्मान गरेका थिए ।

गिरीको स्वागत, सत्कारका लागि नेता, कार्यकर्ता, सरकारी कार्यालय तथा सुरक्षा निकायका गरी करिब ३६ वटा जिप उनी चढेको गाडी अघिपछि थिए । 

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई उनले करिब आधाघण्टा निर्देशन दिए । त्यसक्रममा उनले जनतालाई सहज तरिकाले सेवा उपलब्ध गराउन तथा सरकारको नीति कार्यक्रमलाई पूर्ण रुपमा लागु गर्नका कर्मचारी बर्गको भूमिका हुने भन्दै सरकारी सेवाबाट कुनै पनि आम नागरिकको गुनासो आउन नहुनेगरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

दाङको घोराहीमा नेपाल पत्रकार महासंघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले दाङ जिल्लामा एकीकृत सिंचाई परियोजना ल्याउने आश्वासन दिए । त्यस्तै उनले कांग्रेसको प्रतिनिधित्व गर्दै सरकारमा गएपनि आफूले कुनै पनि आस्थाका आधारमा काम नगर्ने बताए ।

‘म नेपाली कांग्रेसको सदस्य हुँ तर, मन्त्रालयका काममा मैले कुनै राजनीतिक आस्था देखाउने छैन, किनकि म जनताको प्रतिनिधि हुँ' उनले भने ‘सकेसम्म मेरो कार्यकालमा सिंचाई क्षेत्रमा नयाँ क्रान्ति ल्याएरै छोड्नेछु ।'

मंगलबार दाङ आएका गिरी दाङ प्रवेश गर्नासाथ पूरै व्यस्त भएका छन् । भैरहवा विमानस्थलमा ओर्लिएर मन्त्री गिरी सरकारी गाडी चढेर दाङ आएका थिए । बुधबार नै निरीक्षण तथा स्वागत सम्मानलगायत करिब एक दर्जन कार्यक्रममा सहभागी भइसकेका बुधबार पनि करिब एक दर्जन त्यस्तै कार्यक्रमहरुमा सहभागी भएर बिहीबारको मन्त्रीपरिषद बैठक भ्याउन राजधानी फर्किनेछन् । दाङ जिल्लाबाट अहिलेसम्म मन्त्री भएकामध्य उनी चौधौ मन्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.