होस्टेल सञ्चालक यादवको हत्यामा संलग्न पक्राउ

होस्टेल सञ्चालक यादवको हत्यामा संलग्न पक्राउ

विराटनगरः विराटनगर १३ तीनटोलियामा रहेको अक्सफोर्ड होस्टेलका सञ्चालक सुनसरी औरावनी ५ का २१ वर्षका विनोद यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा नाकामा रहेको एउटा होटेलमा लुकेर बसेको अवस्थामा उनीहरुलाई राति १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल फेला पार्न नसकेको भए उनीहरु भारतर्फ भाग्ने तयारी गर्दै थिए ।

पक्राउ पर्नेमा २० वर्षीय जितेन्द्र साह, २३ वर्षीय राकेश यादव र २० वर्षीय कृष्ण यादव छन् । उनीहरुको ठेगाना खुलिसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारी र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापा आँफै खटिएका थिए ।

घटनामा संलग्नलाई ठूलै मेहनत गरेर पक्राउ गरिए पनि केही अनुसन्धान बाँकी रहेका कारण सबै कुरा सार्वजनिक गर्न नसकिएको एसपी भण्डारीले बताए । हत्या गरेर तन्ना, सिरक र डसनामा पोको पारेर तीनटोलियाका ओमकार श्रेष्ठको घरको कोठा भित्र फ्यालेको अवस्थामा मंगलबार विहान यादवको शव फेला परेको थियो । हत्या गरिएका युवाको टाउको, जीउ र खुट्टा काटेर अलग–अलग पारिएको अवस्थामा शव फेला परेको थियो ।

घटनामा अन्य व्यक्तिपनि संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको छ । जितेन्द्र र राकेशको योजनामा कृष्ण समेतका युवा सहभागि भएर यादवको हत्या गरेको निस्कर्ष प्रहरीले निकालेको छ । 'जितेन्द्रले कोठामा बोलाएपछि सबै मिलेर मदिरा सेवन गरे पश्चात रातको समयमा विनोदको हत्या भएको खुल्न आएको छ,' एक प्रहरीले भने, 'हत्या गर्नै पर्ने कारण भने खुलिसकेको छैन ।'

हत्या गरेर हत्यामा संलग्नले कपडामा पोको पारेर शव फ्याल्नका लागि गाडी बोलाएपछि गाडीका चालकले शंका लागेर प्रहरीलाई खवर गरेका थिए । डेरा सर्नका लागि सामान सार्नु पर्ने भन्दै हत्यामा संलग्नले गाडी बोलाएको प्रहरीले जनाएको छ । कपडा भनेर पोको पारिएको गुण्टाबाट रगत चुइँदै गरेको देखेपछि गाडी चालकले त्यहाँबाट निस्किएर प्रहरीलाई खवर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए । प्रहरीले गाडी नम्बर र चालकको नाम पनि गोप्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.