तीनवटा रुद्राक्षको मूल्य साढे ४३ लाख !

तीनवटा रुद्राक्षको मूल्य साढे ४३ लाख !

संखुवासभाः रुद्राक्ष उत्पादनको मध्य समयमा यसै साता मात्र तीन वटा बहुमुल्य रुद्राक्ष बिक्री भयो । आजसम्मकै उत्कृष्ट २१ मुखे मुखद्धार तीन वटा रुद्राक्ष ४३ लाख ५० हजारमा खरिदबिक्री भएको छ ।

रुद्राक्ष व्यवसायी संघका अध्यक्ष बिपिन राईका अनुसार यो बर्ष धेरैमुख भएका महँगा दाना तीन वटा बजारमा आएको र केही गुपचुपमा खरिद बिक्री भएको बताए । बिक्री भएका रुद्राक्ष षडानन्द नगरपालिकाको केउरेनीपानीमा उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी निलमणी न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गर्‌यो । यता धुपुको ज्यामिरेमा १५ दिन अघि उत्पादन भएको २१ मुखे रुद्राक्ष व्यपारी सुजन राई,नरेन्द्र राई लगायतले १६ लाखमा खरिद गरेको छ ।

यसै सातामात्र भोजपुरको फालिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यपारी चित्र श्रेष्ठले बताए । यता स्याबुनका मानसिंह राईले एक लाख २० हजारमा १७ मुखे रुद्राक्ष बिक्री गरे । यि मुख्य बहुमुल्य रुद्राक्ष मात्र खरिद बिक्री भएको हो ।

बाँकी २०,१९,१८,१७ लगायतका रुद्राक्ष भने तीन करोड भन्दाबढीको खरिद बिक्री भई सकेको संघका अध्यक्ष राईले बताए । ठूला मुख भएका रुद्राक्ष बिषेश भारतका बजारमा माग हुने गरेको व्यापारीहरुको भनाई छ । साना मुख गरेका चार, पाँच , छ र सात मुखे रुद्राक्ष चिल्लो, थेप्चो, मदाने र ठुलो कण्ठे रुद्राक्ष चीनको बजारमा बढी माग भएकाले खरिद बिक्री दैनिक रुपमा बढ्दै गएको छ ।

भोजपुरको दिङला र खाँदबारी नेपालको रुद्राक्ष कारोवारको मुख्य स्थान हो । यहाँ बार्षिक २० करोड बढी रकमको रुद्राक्ष कारोवार हुने गरेको बैंङकीङ तथ्याङक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.